Comments Add Comment

नागढुंगा-कलंकी सडक हरियाली बनाउने अभियान सुरु

Photo Credit : दयानिधि भट्ट

२७ साउन, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले केन्द्रीय राजधानी काठमाडौं भित्रिने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारालाई हरियाली बनाउने अभियान सुरु गरेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियान सुरु गरेका हुन् । सडकको डिभाइडरमा वृक्षारोपण गरेर हरियाली बनाउने योजना छ ।

नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माण कार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सह-सचिव डा. रामप्रसाद लम्सालले जानकारी दिए । लम्सालका अनुसार निर्माणकार्य जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने छ ।

यसअघि पहिलो राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सरकारले कोटेश्वर-कलंकी सडकखण्डमा वृक्षारोपण गरेको थियो । मन्त्रालयले एक वर्षमा देशभर पाँच करोड वृक्षारोपण गर्ने लक्ष्य राखेको छ ।

यो पनि पढ्नुहोस कोटेश्वर-कलंकीमा ३ हजार वृक्षारोपण, प्रधानमन्त्रीले रोपे नासपाती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment