Comments Add Comment

प्रधानमन्त्रीलाई नजिक हेर्ने चश्मा दिऊँ

२८ साउन, काठमाडाैं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमा दृष्टिदोष रहेको बताएका छन् ।

नयाँ बसपार्कमा भएको भ्रष्टाचारबारे संसदको विशेष समयमा ध्यानाकर्षण गराएका उनले प्रधानमन्त्रीले भ्रष्टाचार सुन्न र देख्न चाहन्न भनेको स्मरण गरे । उनले भने, ‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चश्मा उपलब्ध गराऊँ । किनकी जम्मै भ्रष्टाचारी, दलाल उहाँकै वरिपरि छ । उनीहरुमाथि कारबाही हुनुपर्छ ।’

भ्रष्टाचारको आरोप लागेका साना कर्मचारीले आत्महत्या गरेको उल्लेख गर्दै उनले २०६३ सालपछि ठूलो कर्मचारी र नेताले भ्रष्टाचार नै गरेका छैनन् भन्ने प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment