Comments Add Comment

खुट्टामा गहिरो घाउ भएका युवकको अस्पतालले सुरु गर्‍यो उपचार

२८ साउन, विराटनगर । कोसी अञ्चल अस्पतालमा खुट्टामा गहिरो घाउ लिएर उपचारको पर्खाइमा बसेका युवकको उपचार सुरु भएको छ ।

उपचारको पर्खाईमा अस्पतालको आकस्मिक कक्ष अगाडिको बस्दै आएका शंकर मगरको उपचार सुरु भएको हो । मगरको उपचार खर्च विराटनगर महानगरपालिकाले व्योहोर्ने भएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बेवारिसे अवस्थामा रहेको जानकारी पाएलगत्तै अस्पताल र विराटनगर महानगरपालिकासँगको समन्वयमा उनलाई भर्ना गरिएको बताए ।

मगरलाई अस्पताल भर्ना गराउन विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी अस्पताल पुगेका थिए । उनले उपचारको जिम्मेवारी लिएपछि अस्पतालले भर्ना लिएको हो ।

मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलका अनुसार मगरलाई अस्पतालको अर्थाेपेडिक वार्डमा भर्ना गरिएको छ ।

ओखलढुंगा घर बताउँने ३५ वर्षीय शंकर मगर एक महिनादेखि अस्पतालको इमरजेन्सी वार्ड अगाडी वेवारिसे अवस्थामा उपचारको पर्खाइमा रहेको समाचार प्रकाशित भएपछि स्थानीय प्रशासनले उपचारमा चासो देखाएको हो ।

अस्पतालका अर्थाेपेडिक सर्जन यज्ञराज खरेलका अनुसार विरामीको खुट्टामा गहिरो घाउ रहेकाले खुट्टा नै काटेर फाल्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment