+
+

प्रदेश २ मा बिहीबार सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते ११:१७

२९ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले बिहीबार (भोलि) पनि सार्वजनिक बिदा दिने भएको छ । बिहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन  मनाउन सबैसँग अनुरोध गरेका छन् ।

संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।

प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिने निर्णय गरे पनि अन्य प्रदेशले भने अहिलेसम्म यसबारे कुनै निर्णय गरिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?