Comments Add Comment

दर्शकको साथ खोज्दै आर्यन

‘किस्मत’ डेब्यू नायक आर्यन सिग्देल अहिले फेरि दर्शकको पुरानै माया पाउने प्रतिक्षामा छन्, जुन उनले केही बर्ष अघिसम्म असिमित पाएका थिए । सिंगल र मल्टिप्लेक्स दुबै हलमा दर्शकले दिएको मायालाई आर्यन फेरि पनि फर्काउने धुनमा छन् । उनी अभिनित चलचित्र ‘हजार जुनी सम्म’ भोली अर्थात साउन ३० गतेबाट रिलिज हुँदैछ ।

आर्यन यसपटक दर्शकको पूर्ण साथको अपेक्षामा छन् । किनकी, उनको चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्न छाडेको केही बर्ष भयो । चलचित्र ‘रुद्रप्रिया’ले बक्स अफिसमा राम्रो कमाई नगर्दा आर्यन हच्किएका थिए । चलचित्र ‘हजार जुनी सम्म’लाई आर्यनले काँधमा बोकेका छन् । यसैले, पनि चलचित्र चल्दा आर्यनलाई फाइदा धेरै हुन्छ ।

आर्यन आफूलाई स्टारडम र नम्बर १ को लोभ भन्दा पनि दर्शकको लोभ रहेको बताउँछन् । दर्शकले राम्रो चलचित्रमा राम्रो काम गरेछ भनेर आफूलाई भनिदिएको खण्डमा आफू खुशी हुने आर्यन बताउँछन् ।

निर्देशक विकासराज आचार्य र आर्यनले यसअघि ‘नाई नभन्नु ल’को सिरिजमा काम गरेका थिए । चलचित्र भित्र आर्यन ‘माया’ नामक गरेकी पात्रको खोजीमा भौतारिएको देख्न सकिन्छ । चलचित्रमा उनलाई नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल लगायतले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment