Comments Add Comment

सुशिलको ‘लभ डायरीज’लाई डेट पाउनै मुश्किल

चलचित्र ‘लभ डायरीज’को गीत सार्वजनिक कार्यक्रममा यसका निर्देशक सौरभ चौधरीले भनेका थिए–‘हामी अब अरु चलचित्र आएपनि असोज ३ गतेबाट सर्दैनौ ।’ तर, सौरभको यो भनाइ सार्थक हुने संभावना कम छ । किनकी, चलचित्रको गीत सार्वजनिक भएको दिनमा नै ‘कबड्डी कबड्डी कबड्डी’ असोज ३ मा सरेपछि यसको निर्माणपक्ष तनावमा रह्यो ।

असोज ३ गते ‘कबड्डी कबड्डी कबड्डी’ आउने पक्का भएसँगै यसको प्रचारले तिव्रता पाइरहेको छ । तर, चलचित्र ‘लभ डायरीज’को टिम भने मौन छ । यसले पनि के वुझिन्छ, भने यो चलचित्रलाई पछि सार्ने तयारी यसको निर्माणपक्षले गरिरहेको छ । चलचित्रलाई कात्तिकको तेश्रो सातामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

यो चलचित्रमा सुशिल श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका छ । नायक सुशिल श्रेष्ठको चलचित्रलाई रिलिज मिति पाउन नै सकस देखिएको छ । उनको अर्को चलचित्र ‘बादशाह जुट’ पनि रिलिजका लागि तयार छ । कात्तिक १ गतेबाट चलचित्र रिलिज गर्ने तयारी पनि गरिएको थियो ।

तर, सुशिलको ‘ब्याड लक’ नै मान्नुपर्छ कि, उनका चलचित्र तोकिएको मितिमा रिलिज हुन पाइरहेका छैनन् । अब, उनले आशा गरेको चलचित्र ‘लभ डायरीज’ कुन मितिमा रिलिज हुन्छ, प्रतिक्षा गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment