+
+
Shares

प्रहरीलाई कार्यालयमै आएर घुस दिन खोज्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते १९:३०

२९ साउन, वीरगञ्ज । प्रहरीलाई कार्यालयमै आएर घुस दिने खोजेको भन्दै बारामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका २२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको हो ।

साउन २८ गते बेलुका बाराको जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्वर ७ स्थित ईलाका प्रहरी कार्यालय जीतपुर पुगेर तस्करको लाइन खुलाइदिनु प¥यो भन्दै आइपुगेका यादवलाई नियन्त्रणमा लिइएको प्रहरीलाई जनाएको छ ।

अवैध रुपमा भारतबाट कुखुरा ल्याई नेपालको विभिन्न ठाउँमा ओसार पसार गर्ने काममा संलग्न रहेको भन्दै यादवले तस्करको लाइन मिलाई दिएवापत मासिक रुपमा रकम दिने भन्दै पाइन्टको गोजीबाट पैसा निकालेर दिन खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘तपाई खुरुक्क यहाँबाट जानुहोस्’ भन्दा यादवले उल्टै प्रहरी अधिकृतलाई ‘तपाईं हामी सबै मिली पैसा कमाउनु पर्छ, तपाईंले नखाए पनि हामीले जसरी पनि काम गर्छौ’ भन्दै विभिन्न किसिमका अपशब्द प्रयोग गरी अशिष्ट व्यवहार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीलाई दिन खोजेको ५ सय दरको २० थान १० हजार रुपैयाँ सहित उनलाई नियन्त्रण लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?