Comments Add Comment

सनी लियोनको अर्को कमाल !

सनी लियोनीले पोर्नस्टारको छवि मेटाउँदैछिन् । अहिले उनी अभिनेत्रीका रुपमा बढी गतिशील छिन् । त्यसैगरी दुई सन्तानलाई पनि आफ्नो काखमा लिएर हुर्काइरहेकी छिन् । एकातिर बलिउड अभिनेत्री, अर्कोतिर प्यारी आमा । यति हुँदाहुँदै पनि उनी चर्चाबाट टाढा भने छैनन् । कुनै न कुनै निहुँमा सनीले चर्चा पाउने गर्छिन् । यसपाली यस्तै चर्चामा छिन् उनी, जसको कारण भने घतलाग्दो छ ।

अगष्ट २०१९ सम्म गरिएको गूगल सर्च सर्भेमा सनी लियोनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता सलमान खान तथा शाहरुख खानलाई समेत पछाडि पारिदिएकी छिन् ।

सनी लियोन यी तीनजनाको तुलनामा गूगल सर्चमा सबैभन्दा अगाडि छिन् । गूगल ट्रेण्ड एनालिटिक्सका अनुसार सनी लियोन तथा उनका भिडियोहरुलाई सबैभन्दा बढि गूगल गरिएको छ ।

सनी लियोनलाई सबैभन्दा बढि भारतको मणिपुर तथा आसाममा गूगल गरिएको छ । यस प्रसंगमा गरिएको एउटा जिज्ञासामा सनी लियोनले प्रसन्नता व्यक्त गरेकी छिन् । सनी लियोनले भनेकी छिन्-‘म मेरा प्रसंशकहरुप्रति आभार व्यक्त गर्दछु । उहाँहरु सधैं मेरो पछाडि उभिनु भएको छ । यो कुराले मलाई असाध्यै खुशी बनाएको छ ।’

रमाइलो कुरा के छ भने अघिल्लो वर्ष पनि भारतको सबैभन्दा बढि गूगल गरिने व्यक्तित्वमा सनी लियोन नै पहिलो स्थानमा थिइन् । सनी लियोन पहिला एडल्ट (वयष्क) फिल्महरुमा काम गर्दथिन् । पछि उनले भारतीय फिल्म उद्योगतर्फ अघि बढिन् । उनले सलमान खानको शो बिग बोसमार्फत टेलिभिजनहुँदै बलिउडसम्मको यात्रा तय गरेकी हुन् ।

आजको मितिसम्म उनले बलिउडका थुप्रै फिल्महरुमा काम गरिसकेकी छिन् । यसबाहेक उनले थुप्रै फिल्मका लागि आइटम डान्स पनि गरेकी छिन्, जसलाई दर्शकहरुले अत्यधिक मन पराएका छन् । उनले शाहरुख खानको फिल्म रइसमा पनि एउटा आइटम डान्स गरेकी थिइन् भने नेपाली फिल्म ‘पासवर्ड’ मा पनि आइटम डान्स गरेकी छिन् ।

सनी लियोनले हालै मात्र दुई बच्चाहरुलाई ग्रहण गरेकी छिन् । यसबाहेक हालै उनको जीवनमा आधारित एउटा बायोपिक पनि रिलिज भएको छ, जसलाई दर्शकहरुले निकै मन पराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment