+
+
Shares

कतारमा नेपालीमाथि सांघातिक आक्रमण, एकजनाको मृत्यु, पाँच घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २९ गते २०:२१

२९ साउन, काठमाडौं । कतारको दोहामा मंगलबार राति नेपालीमाथि सांघातिक आक्रमण भएको छ ।

दोहास्थित जैदा पार्कमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

घटनामा सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको र उनको शव हमाद अस्पतालमा रहेको दूतावासले जनाएको छ ।

घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ । पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ ।

घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । घाइते सबै सुनसरी जिल्लाका रहेका छन् ।

नेपाली दूतावासले भीडभाड नजान समेत कतारमा रहेका नेपालीलाई सचेत गराएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?