Comments Add Comment

यी हुन् बलिउडका लोकप्रिय दाजु-भाइ र दिदी-बहिनी

वर्षमा एक पटक आउने ठूलो महत्वको पर्व हो रक्षा बन्धन । यो पर्व नेपाल तथा भारतमा निकै उल्लासका साथ मनाइन्छ । रक्षा बन्धनकै दिन राखीसमेत लगाइन्छ । खासगरी नेपालको तराईका भूभाग तथा भारतमा रक्षा बन्धनसँगै राखी पनि उत्तिकै उल्लासका साथ मनाइन्छ । राखीमा दिदी-बहिनीहरुले दाजु-भाइको दीर्घायुको कामना गर्दै हातमा राखी बाँधिदिने प्रचलन छ ।

राखीले बलिउडकर्मीहरुलाई पनि उत्तिकै व्यस्त बनाउँछ । बलिउडका अधिकांश सेलिब्रेटीहरु आफ्ना दिदी-बहिनीको हातबाट राखी बाँध्छन् । यहाँ हामी केही त्यस्ता सेलिब्रेटीहरुको राखी योजनाका बारेमा चर्चा गर्दैछौं, जो उल्लासका साथ यो पर्व मनाउँछन् ।

तुषार कपुर र एकता कपुर

भाइ-बहिनीको अनमोल सम्बन्धमा पहिलो नाम आउँछ अभिनेता तुषार कपुर तथा निर्मात्री एकता कपुरको । तुषार कपुर तथा एकता कपुर बलिउड फिल्म उद्योगका त्यस्ता नाम हुन्, जसलाई कसैले बिर्सन सक्दैन ।

दुवैको दिदी-भाइको सम्बन्धले उनीहरुको जीवनमा ठूलो महत्व राख्छ । बाल्यकालदेखि अहिलेसम्म उनीहरु दुवै हरेक वर्ष रक्षा बन्धनको पर्वलाई उल्लासमय ढंगले मनाउँदै आएका छन् । तुषारले आफ्नो एउटा अन्तर्वार्तामा भनेका थिए-एकताको छवी एउटी जिद्दी युवतीको जस्तै छ, तर वास्तविक जीवनमा मचाहिँ त्यस्तो स्वभावको छु ।

रणवीर कपुर र करिना कपुर

दिदी-भाइको अनमोल सम्बन्धको दोस्रो नाम रणबीर कपुर तथा करिना कपुरको आउँछ । रणबीर कपुर र करिना कपुर आफ्नै दिदी-भाइ नभए पनि उनीहरुको बीचमा आफ्नै दिदी-भाइभन्दा बढी माया तथा प्रेम छ । रणबीर तथा करिना दुवै एकसाथ ‘कफी विद करण’ शोमा पनि प्रस्तुत भएका थिए, जहाँ उनीहरुले दर्शकहरुलाई निकै मनोरञ्जन गराएका थिए ।

करिनाको विवाहमा रणबीर मन खोलेर डान्स गरेका थिए । करिनाले आफ्नो एउटा अन्तर्वार्तामा भनेकी थिइन्-मौका मिल्यो भने म रणबीरसँग फिल्ममा समेत काम गर्न चाहन्छु ।

राखीको दिन करिना र रणबीरसँगै हुन्छन् ।

सोनम कपुर र अर्जुन कपुर

दिदी-भाइको पवित्र सम्बन्धको तेस्रो नाम हो अभिनेत्री सोनम कपुर तथा अभिनेता अर्जुन कपुर । सोनम कपुर र अर्जुन कपुर आफ्नै दिदी-भाइभन्दा बढी नजिक छन् । दुवैको उमेर पनि उस्तै छ । उनीहरु बाल्यकालदेखि नै सँग-सँगै हुर्किंदै आएका हुन् ।

त्यसैले उनीहरु दुवै एक-अर्काको हरेक कुरामा साथ दिन्छन् । जब अर्जुन र आलिया भट्टको सम्बन्धको चर्चा चलेको थियो, त्यो बेला सोनमले अर्जुनलाई निकै साथ दिएकी थिइन् ।

सलमान खान र अर्पिता खान

दिदी-भाइको सम्बन्धको चौथो नाम हो सलमान खान तथा उनका बहिनीहरु अल्वीरा र अर्पिता खान । सलमान खान आफ्ना दुवै बहिनीहरुको निकै नजिक छन् । सलमान आफ्ना दुवै बहिनीहरुलाई निकै माया गर्छन् । उनीहरु हरेक तरिकाले सुरक्षित राख्न पनि जान्दछन् ।

सलमान खानका ज्वाइँ अर्थात अल्वीरा खानका श्रीमान् अतुल अग्निहोत्रीले एउटा अन्तर्वार्तामा भनेका थिए-हरेक वर्ष रक्षा बन्धनको दिन सलमान, अरबाज, सोहेल तथा मेरी श्रीमती अल्वीरा मेरो ससुराली घर अर्थात सलीम खानको घरमा एकसाथ खाना खान्छौं । त्यसक्रममा सलमानले आफ्ना बहिनीहरुलाई यस्ता उपहार दिन्छन्, जसले उनका बहिनीहरुको अनुहारमा मुस्कान छाउँछ ।

अभिषेक बच्चन र श्वेता नन्दा

दिदी-भाइको अनमोल सम्बन्धको अर्को नाम हो अभिषेक बच्चन तथा श्वेता नन्दा । बलिउडको सबैभन्दा प्रख्यात तथा इज्जतदार बच्चन परिवारमा जन्मिएका अभिषेक बच्चन तथा श्वेता बच्चनका बीच निकै माया-प्रेम देख्न पाइन्छ ।

उनीहरुको माया प्रेम अभिषेक र ऐश्वर्या रायको विवाहमा पनि देख्न पाइएको थियो । उक्त वैवाहिक समारोहमा श्वेताले नै अभिषेकको विवाहको अधिकांश समारोहहरुलाई निकै सुन्दर र उत्साहित शैलीमा सम्पन्न गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment