
३० साउन, हेटौंडा । मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामा छन् ।
उनीहरुलाई हेटौंडा उपहानगरपालिका- १० बसपार्क सडकखण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिट मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4