Comments Add Comment

चेल्सीलाई स्तब्ध पार्दै लिभरपुलले जित्यो सुपर कप

काठमाडौं । चेल्सीलाई टाइब्रेकरमा हराउँदै लिभरपुलले सुपर कपको उपाधि जितेको छ । लिभरपुलले ५-४ को जित निकाल्दा गोलकिपर एड्रियन नायक बने ।

स्तानबुलमा भएको निर्धारित र अतिरिक्त समयको खेल २-२ को बराबरीमा सकिएको थियो ।

खेलमा अग्रता भने चेल्सीले नै लिएको थियो । ३६ औं मिनेटमा ओलिभर जिराउडले अग्रता दिलाए । तर दोस्रो हाफको सुरुमा नै साडिओ मानेले गोल गरे ।

निर्धारित समयमा दुबै टोलीबाट थप गेाल हुन सकेन । अनिरिक्त समयको खेलमा मानेले नै गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर त्यसको ६ मिनेटपछि चेल्सीका जोर्जिन्होले पेनाल्टीमार्फत बराबरी गोल गरे । निर्धारित र थप गरिएको समयसम्म दुबै टिमले २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गयो ।

टाइब्रेकरमा एडि्रयनले चेल्सीका टामी अब्राहमको पेनाल्टी रोक्दै लिभरपुललाई उपाधि दिलाए ।

जिरोबाट हिरो

दुई साता अघिसम्म एडि्रयन क्लबविहीन थिए । गत सिजनको अन्त्यमा वेष्टहामले उनलाई रिलिज गरेको थियो ।

लिभरपुलका गोलकिपर साइमन मिग्नोलेटले क्लब छाडेकाले लिभरपुलले ३२ वर्षीय एड्रियनलाई भित्र्यायो । प्रिमियर लिगको पहिलो खेलमा नै लिभरपुलका पहिलो रोजाईका गोलकिपर एलिसन घाइते भएका कारण एडि्रयनले मौका पाए ।

चेल्सीविरुद्ध पहिलो हाफमा उनी केही नर्भस पनि देखिएका थिए । तर पेनाल्टी सुट आउटमा आफ्नो क्षमता मात्र देखाएनन्, जितको हिरो नै बन्न सफल भएका छन् । उनले एलिसनको अभावमा जिम्मेवारी सम्हाल्नसक्ने सन्देश दिएका छन् ।

लगातार दोस्रो हार तर

चेल्सीले प्रिमियर लिगको पहिलो खेलमा म्यानचेष्टर युनाइटेडसँग ४-० को हार व्यहोरेको थियो । लेजेन्ड फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा रहेकेा चेल्सीले अर्को हार व्यहोर्‍यो तर चेल्सीको खेल अघिल्लो भन्दा निकै सुधारिएको देखिएको छ ।

ओल्ड ट्रार्फडमा युवा खेलाडीहरुलाई बढी स्थान दिएका प्रशिक्षक लाम्पार्डले लिभरपुलविरुद्ध अनुभवी खेलाडीहरुलाई स्थान दिए । पहिलो हाफमा लिभरपुलमाथि हावी भयो ।

एनगोलो कान्टे सुरुवाती ४५ मिनेटमा त उत्कृष्ट नै देखिए । जिरउडले पनि एत्कृष्ट गोल गरे । क्रिष्टियन पुलिसिक पनि आफ्नो प्रभाव छोड्न सफल भए । यदि लाम्पार्डले युवा र अनुभवी खेलाडीहरुको तालमेल मिलाउन सकेमा यो सिजन उनको टिमले राम्रो प्रदर्शन गर्ने आश गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment