Comments Add Comment

श्रृजना रेग्मीः ‘बुलेट’ भिलेन

नेपाली चलचित्रमा कमै मात्र खलपात्रहरु स्थापित भएका छन् । पुराना चलचित्रमा स्थापित भएका खलपात्रहरुमध्ये धेरै त अहिले हराएका छन् । नयाँ पुस्ताका खलपात्रहरुको परिभाषा बदलिएको छ । अझ, महिला खलपात्रको संख्या त चलचित्र क्षेत्रमा निकै नै कम छ ।

भदौको ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जाइरा’बाट एकजना महिला खलपात्रको उदय हुँदैछ । श्रृजना रेग्मीले आफ्नो ग्ल्यामर र एक्सन अवतारबाट दर्शकको मन जित्ने प्रयास गरेकी छिन् । श्रृजना आफूले चलचित्र क्षेत्रमा करिअर बनाउने बिषयमा नसोचेको बताउँछिन् । तर, आफूलाई यो भूमिका निकै नै मन परेकाले पनि गरेको उनको तर्क छ । उनले आफू नायिका नै बन्नुपर्छ भन्ने नलागएको बताइन् ।

चलचित्रमा उनलाई ‘बुलेट’ नामले दर्शकले चिन्नेछन् । यसैले पनि उनलाई अहिले ‘बुलेट’ भिलेन भन्न थालिएको छ । चलचित्रमा उनको ग्ल्यामर अवतारले दर्शकको ध्यान खिचिरहेको समयमा एक्सन अवतारले पनि दर्शकलाई कौतुहलता जगाएको छ । उनको बाइकको स्टन्ट फाइटले चलचित्रप्रति दर्शकको उत्सुकता पनि बढेको छ ।

‘जाइरा’को केन्द्रिय पात्रमा नायिका नम्रता श्रेष्ठले काम गरेकी छिन् । तर, दर्शकले पर्दामा नम्रता र श्रृजनाको एक्सन देख्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment