Comments Add Comment

पोखरामा मेरो गाउँ, मेरो ठाउँ

पर्यटकिय नगरी पोखरा । देश-विदेशका पर्यटक ओइरो लाग्ने थलो । त्यही थलोमा आगमी ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२० को अन्तिम छिनोफानो अर्थात ग्रान्ड फिनाले हुँदैछ । सन् २०२० लाई नेपाल पर्यटन बर्षको रुपमा मनाउने तयारी भइरहँदा वि विल राइज फाउन्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जको ग्रान्ड फिनाले पोखरामा गर्ने निक्र्यौल गरेको हो ।

नेपालभर ओझेलमा रहेका पर्यटकिय थलोहरुलाई भिडयोमार्फत उजागर गर्ने फरक अवधारणासहितको कार्यक्रम हो यो । यसको पहिलो संस्करण केही समयअघि सम्पन्न भएको छ । यस प्रतियोगिता अनुसार जो कोहिले आफ्नो क्षेत्रमा रहेका पर्यटयिक स्थल, मौलिक खानपान, संस्कृति आदिको छोटो भिडियो बनाएर पठाउनुपर्नेछ । विषय, प्रस्तुती लगायतलाई आधार मानेर उत्कृष्टलाई पुरस्कृत गरिनेछ । ‘यो प्रतियोगिताको एउटै ध्येय भनेको नेपालको पर्यटयिक स्थलहरुलाई उजागर गर्नु हो’ आयोजकका निर्मल श्रेष्ठ भन्छन् । उनका अनुसार यसले परोक्ष रुपमा भिडियो मेकिङ गर्न इच्छुकहरुलाई प्लेटर्फम समेत दिलाउने बताए ।

वि विल राइजले यो कार्यक्रमको आगमी खाका तयार गरिसकेको छ । त्यही अनुसार यसको अन्तिम प्रतिस्पर्धा पोखारमा हुने तय भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री विकास लम्साल, स्थानीय पर्यटन व्यवसायी एवं सो सम्बद्ध संघसंस्थाको उपस्थिती रहेको कार्यक्रममा आयोजकले यस्तो घोषणा गरेका हुन् ।  कार्यक्रममा फाउण्डेसनका तर्फबाट परियोजना संयोजक एवं संस्थापक निर्देशक निर्मल श्रेष्ठ, कार्यक्रम संयोजक प्रभात रिमाल, जनसम्पर्क संयोजक एवं कलाकार निर्मल शर्मा र संचारकर्मी अखण्ड भण्डारी सहभागी थिए ।

। मूलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकास समेतको दुष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयाम भएको उल्लेख गर्दै आयोजकले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले समेत यो प्रतियोगिताको उपादेयता अझ बढ्न पुगेको बताएको छ । यसले मुलुकका दुरदराजका क्षेत्रहरु सम्म भ्रमण वर्ष बारे जनचेतना फैलाउन समेत सहयोग पुग्ने तथा प्राप्त भिडियोहरुको उचित प्रचारप्रसार गर्नसके यसले आन्तरिक तथा बाह्य पर्यटन प्रर्बद्धनका लागि ठूलो सहयोगी हुने तर्क छ ।

२०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा सातै प्रदेशबाट उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु प्राप्त भएका थिए । त्यसमध्येबाट १० विधागत अवार्डका लागि ४७ भिडियो अन्तिम प्रतिस्पर्धामा छनौट गरी काठमाण्डौंस्थित होटल अन्नपूर्ण दरबारमार्गमा भव्य समारोहका बीच अन्तिम प्रतिष्पर्धा आयोजना गरिएको थियो । भ्रमण वर्ष लक्षित २०२० को प्रतियोगीता यसै वर्ष डिसेम्बरबाट सुरु हुने र एकसय दिनको समय दिइने बताइएको छ । १० वटा विधामा दिइने अवार्डको पुरस्कार ५ देखि १ लाख रुपैयाँ सम्म हुने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment