
३१ साउन, काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षकमा रवि शास्त्रीले निरन्तरता पाएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शुक्रबार शास्त्रीलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
विश्वकप क्रिकेट सकिएसँगै मुख्य प्रशिक्षक शास्त्रीको कार्यकाल सकिएको थियो । उनले आफ्नै प्रशिक्षणमा भारतलाई विश्वकपको सेमिफाइलसम्म पुर्याएका थिए ।
२०१७ मा भारतीय मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका उनले अष्ट्रेलियामा हुने टी–२० विश्वकपसम्म जिम्मेवारी पाएका हुन् ।
रवि शास्त्रीकै प्रशिक्षणमा भारतले केही दिनअघि मात्रै वेष्ट इन्डिजसँगको एकदिवसीय र टी–२० क्रिकेट सिरिज जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4