
चलचित्र ‘च च हुई’को फस्टलुक रिलिज गरिएको छ । सार्वजनिक दुई पोष्टरमा नायक आर्यन सिग्देललाई कमेडी अवतारमा देख्न सकिन्छ । उनको साथमा पोष्टरमा नायिका मिरुना मगर र कलाकार भोलाराज सापकोटालाई देख् सकिन्छ । कलाकार माओत्से गुरुङ पनि फस्टलुकमा देखिएका छन् ।
मंसिर ६ गतेलाई प्रदर्शन मिति तय गरेसँगै चलचित्रको प्रचार आरम्भ गरिएको हो । एजीएल इन्टरटेन्मेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको चलचित्रलाई रमकम अर्थात रोमान्टिक कमेडी भनिएको छ । आर्यन र मिरुनाले पहिलो पटक पर्दा शेयर गरेका हुन् । चलचित्रलाई साम्तेन भुटियाले सम्पादन तथा निर्देशन गरेका हुन् भने सुशन प्रजापति चलचित्रका छायांकार हुन् ।
सिजन दाहाल र सन्देश अर्यालको चलचित्रमा पटकथा छ । राजराज सिवाकोटी, सुरज शाही कठुरी र रोशन थापा चलचित्रका संगीतकार हुन् । चलचत्रिमा श्री श्रेष्ठको एक्सन, शिशिर खातीको कोरियोग्राफी छ । नायक आर्यन सिग्देलले चलचित्रमा दर्शकले मनोरञ्जन प्राप्त गर्ने बताए । उनले विदेशबाट देश संझिएर फर्किएको युवाको भूमिकामा आफूलाई देख्न सक्ने बताए ।
प्रतिक्रिया 4