Comments Add Comment

मलाई ठूलो वा सानो ब्यानर भन्ने थाहा छैनः अनुप विक्रम

अनुप विक्रम शाहीलाई दर्शकले खलनायकको रुपमा मन पराएपनि नायकको रुपमा स्विकार गर्न सकेका छैनन् । अनुपका चलचित्र निरन्तर असफल हुनुको मुख्यकारण पनि यही नै हो । उनको लुक्स, अभिनयको प्रशंसा गर्नेहरु धेरै छन् ।

बक्स अफिसमा उनले अभिनय गरेका चलचित्र सफल हुन सकेका छैनन् । चलचित्र व्यापारिक हिट वा फ्लप हुनुमा कलाकारको मात्र हात नहुने अनुपविक्रम बताउँछन् । उनले भने–‘चलचित्र फ्लप वा हिट हुनु कलाकारको काँधमा हुँदैन । कलाकारले त पाएको स्क्रिप्टमा राम्रो काम गर्ने हो । चलचित्र राम्रो हुन टिम र स्टोरी नै राम्रो हुनुपर्छ ।’

चलचित्र क्षेत्रमा ठुलो ब्यानर र सानो ब्यानर भन्ने कुरा मिथ्या भएको अनुपको भनाई छ । अनुपले अनलाइनखबरसँग भने–‘अहिले ठुलो ब्यानर र सानो ब्यानर भन्ने चलन आएको रहेछ । तर, म यो कुरालाई मान्दिनँ । साना बजेटका चलचित्रबाट दुःख गरेर आएको मलाई त ठुलो ब्यानर थाहा पनि छैन । मलाई राम्रो काम गरेर दर्शकको मन जित्नुपर्छ भन्ने मात्र हो ।’ जबसम्म दर्शकको साथ रहन्छ तबसम्म राम्रो काम गर्न प्रयास गर्ने अनुप बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment