Comments Add Comment

‘दि भ्वाइस’को ‘ब्लाइन्ड अडिसन’बाट को–को छानिए ?

विश्वकै पहिलो स्थानमा रहेको गायन रियालिटी शो ‘दि भ्वाइस’ गतबर्षदेखि नेपाल भित्रिएको हो । पहिलो संकरणमा नै दर्शकको अपार माया पाएको यो शोको दोश्रो संकरण साउनको ३१ गतेबाट हिमालय एचडीमा प्रशारण आरम्भ भएको छ । शुक्रबार र शनिबार प्रशारण भएको ‘दि भ्वाइस अफ नेपाल’को दोश्रो संकरणको ‘ब्लाइन्ड अडिसन’बाट १० जना छनोट भैसकेका छन् ।

हरेक शुक्रबार शनिबार बेलुकी ८ बजेबाट यो शो हिमालय एचडीमा प्रशारण भैरहेको छ । युटुबमा ‘दि भ्वाइस अफ नेपाल’को युटुबमा च्यानलबाट यो शो हेर्न सकिन्छ । युटुबमा पनि दर्शकको उल्लेख साथ यो शोले पाएको छ । शो प्रशारणको पहिलो भागमा ४ प्रतिस्पर्धी छनोट भएका छन् । शोमा पहिलो प्रतिस्पर्धीको रुपमा छनोट भएकी रमा घतानीले ‘किन बढ्दैछ ढुकढुकी मुटुको’ गीत गाएकी थिइन् । उनले टिम दिप श्रेष्ठलाई रोजेकी छिन् ।

यस्तै, धनगढीबाट आएका साजन तामाङले ‘मायाले यसरी मार्यो’ बोलको गीत गाएका थिए । उनले, टिम प्रमोद खरेललाई रोजेका छन् । काठमाण्डौबाट सनिष श्रेष्ठले चलचित्र ‘प्रसाद’मा समावेश ‘लै लै लै’ बोलको गीत गाएका थिए । उनले, टिम राजु लामालाई छनोट गरेका छन् ।

तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा लागेर सांकृतिक संघहरुमा काम गरेकी निर्मला घिसिङ मकवानपुर जिल्लाबाट आएकी हुन् । उनले, ‘मान्छे नमर्ने शहर हुँदैन’ बोलको गीत गाएर कोचको मन जितिन् । उनले ‘टिम दिप’लाई छनोट गरेकी छिन् । पहिलो भागमा ४ जना प्रतिस्पर्धी छनोट भएका थिए ।

दार्जिलिङबाट आएकी रजनी रिधम राइले ‘पुरानो हुँदैन माया’ बोलको गीत गाइन् । शोको दोश्रो भागको पहिलो प्रतिस्पर्धीको रुपमा सहभागी रजनीले भने ‘टिम दिप’लाई छनोट गरेकी छिन् । यस्तै, शोमा धुलाबारीबाट आएका जमिर अलीले ‘तिम्रो मायाले बाँधेर राख’ बोलको गीत गाए । उनका लागि कोच प्रमोद खरेलले मात्र बजर बजाएका थिए ।

‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा समेत सहभागी भएर ‘ब्लाइन्ड अडिसन’ पार नगरी प्रेक्षा लम्सालले हार मानिन् र सिजन २ मा सहभागी भइन् । उनले ‘सधैभरी नजाउ तिमी मदेखि तर्किएर’ बोलको गीत गाइन् । उनले ‘टिम राजु’लाई चयन गरेकी छिन् ।

दार्जिलिङबाट ‘दि भ्वाइस अफ नेपाल’मा सहभागी हुन आएकी याङ डोमाले ‘ब्लाइन्ड अडिसन’मा ‘आज प्रेमसँग हारे’ बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनले कोच आस्था राउतलाई चयन गरिन् । स्वयम्भुबाट प्रतिस्पर्धामा सहभागी हुन पुगेका धर्म बज्र लामाले ‘साँझ पख एकान्तमा’ बोलको गीत गाए । उनले ‘टिम दिप’लाई चयन गरेका छन् ।

मोरङबाट सहभागी भएकी मेचु धिमालले ‘पानीको फोका जस्तै’ बोलको गीत गाइन् । उनले ‘टिम प्रमोद’लाई छनोट गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment