Comments Add Comment

नेपालमा चर्को विरोधपछि भारतमा हुने भयो आईफा अवार्ड

१ भदौ, काठमाडौं । यस वर्षको भारतीय फिल्म अवार्ड (आईफा अवार्ड) भारतमै हुने निश्चित भएको छ ।

नेपालमा आयोजना गर्ने तयारी भएपनि तीव्र विवादका कारण रोकिएको थियो । आईफा अवार्ड भारतमै हुने विजक्राफ्ट इन्टरनेशनल इन्टरटेन्मेन्ट प्रालिले पुष्टि गरेको छ । कम्पनीको आधिकारिक वेबसाइटकाअनुसार यो अवार्ड भारतमा पहिलो पटक आयोजना गरिन लागेको हो । ‘२० औं वर्षको ऐतिहासिक आईफा घरमै गर्न पाउँदा गौरवान्वित भएको’ कम्पनीले लेखेको छ ।

अभिनेत्री कट्रीना कैफले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै आफू कार्यक्रमका लागि उत्साहित गरेको उल्लेख गरेकी छिन् । ‘आईफा अवार्ड न्यूयोर्क’ को फोटो पोष्ट गर्दै कट्रीनाले अन्ततः आईफा घर फर्किएको उल्लेख गरेकी छिन् ।

नायक सलमान खानले पनि आईफा अवार्ड मडि्रडको तस्वीर राख्दै लेखेका छन्, ‘आइफा होम कमिङ’ ।

अवार्ड आगामी सेप्टेम्बरमा हुनेछ । आईफाको पहिलो संस्करण सन् २००० मा लण्डनमा भएको थियो । आयोजकले यो संस्करण नेपालमा गर्न चाहेको थियो तर, नेपालमा व्यापक विरोध भएपछि सम्झौता हुन सकेन । २० वर्षको अवधिमा १२ मुलुकका १६ शहरमा यो अवार्ड कार्यक्रम आयोजना भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment