
चलचित्र ‘हजार जुनी सम्म’ रिलिज भएको केही दिनपछि यसको एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो मायामा भुलेर’ बोलको गीत चलचित्र रिलिज भएको ४ दिनपछि सार्वजनिक गरिएको हो । सुगम पोखरेलको आवाजमा समावेश यो गीतमा प्रविण पौडेलको संगीत, मानस विक्रम थापाको शब्द छ ।
गीतको भिडियोमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । चलचित्रमा यी दुइको अलवा स्वस्तिमा खड्का, संचिता लुइटेल, सलोन बस्नेत, अखिलेष प्रधान लगायतका कलाकारको मुख्य भूमिका छ । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।
चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा विकास र सामिप्याराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4