
१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूलाई क्रान्तिकारी भन्ने गणतान्त्रिक सरकारले समाजमा विद्यमान विकृति विसंगति अन्त्यका लागि चासो नदिएको आरोप लगाएका छन् ।
५६ औं मुक्ति दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले गणतान्त्रिक सरकार र वर्तमान व्यवस्थाले मुक्ति दिवसलाई उपेक्षा गरेको बताए ।
अध्यक्ष थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहास कै क्रान्तिकारी कदम भएको बताए । उनले छुवाछूत प्रथाले जरा गाडेर बसेको अवस्थामा राजा महेन्द्रले यस कुप्रथालाई उन्मुलन गर्नु ऐतिहासिक र महत्त्वपूर्ण कार्य भएको बताएका हुन् ।
मुक्ति दिवस राजसंस्थासंग सम्बन्धित विषय नभएको भन्दै उनले आफूलाई क्रान्तिकारी भन्ने सरकारले दिवसलाई उपेक्षा गरेर आफ्नो संकीर्ण मानसिकताको प्रर्दशन गरेको टिप्पणी गरे ।
शोषणका विरुद्ध पटक पटक संघर्ष गरेकाहरुले नै मुक्ति आन्दोलन र त्यसैको आधारमा स्थापित मुक्ति दिवसलाई विर्सनु विडम्बनापूर्ण भएको उनले टिप्पणी गरे ।
प्रतिक्रिया 4