+
+
Shares

पाँच वर्ष नेकपाको सरकार : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते ११:२८

२ भदौ, जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् । पार्टी कि केपी ओली शर्मा नेतृत्वको सरकार भन्ने प्रश्नमा उनले नेकपाको सरकार भनेका छन् ।

आइतबार मात्र संसदमा प्रधानमन्त्री ओलीले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गरेका थिए ।

तर वरिष्ठ नेता माधवकुमार नेपालसँगै जनकपुर आइपुगेका प्रचण्डले ओली नेतृत्वको सरकार नै ५ वर्ष रहन्छ भन्न चाहेनन्, पार्टीको भनेका छन् ।

पहिलो वर्ष भएकाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै उनले अब गतिका साथ काम गर्ने बताए ।

वरिष्ठ नेता नेपालले भने पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?