Comments Add Comment

आर्यन र स्वस्तिमाको ‘हजार जुनी सम्म’को व्यापार कस्तो भयो ?

जनैपूर्णिमाको अवसर पारेर साउनको ३० गतेबाट रिलिज भएको चलचित्र ‘हजार जुनी सम्म’ले के दर्शकलाई आकर्षित गर्न सक्यो त ? विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्र बिहिबारदेखि नै रिलिज भएको थियो । जेठमा चलचित्र ‘जात्रै जात्रा’ हिट भएपछि सुस्ताएको चलचित्र बजारलाई यसले चलायमान बनाउने अपेक्षा गरिएको थियो ।

तर, चलचित्रको व्यापार अपेक्षाकृत भएन । चलचित्रले बिहिबार औषत व्यापार गरेपनि शुक्रबार व्यापारमा गिरावाट आयो । शनिबारको बिदामा पनि चलचित्रको व्यापारिक उछाल उच्च देखिएको थिएन । विकासराज आचार्य निर्देशित ‘नाई नभन्नु ल’का सिरिजले बक्स अफिसमा राम्रो व्यापार गरेपनि ‘हजार जुनी सम्म’ले त्यसलाई भेट्याउन नसक्ने देखिएको छ ।

विशाल चाम्लिङको निर्माणमा तयार भएको यो चलचित्रले पोखरादेखि सिक्किमसम्मको कथा भन्छ । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, सलोन बस्नेत, संचिता लुइटेल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रले पनि व्यापारिक रुपमा सफलता नपाएपछि अब दर्शकको आँखा भदौमा रिलिज हुन लागेका ‘जाइरा र मारुनी’ माथि केन्द्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment