Comments Add Comment

पोखराका बसमा विद्युतीय टिकट सुरु

२ भदौ, पोखरा । पोखरा महानगरपालिकाभित्र चल्ने सवारी साधनमा विद्युतीय टिकट (इटिकेटिङ) प्रणाली सुरु भएको छ । महानगरभित्र छोटो दूरीका बसमासमेत यात्रुले अब टिकट काटेरमात्रै यात्रा गर्नुपर्नेछ ।

साउन अन्तिम साताबाट परीक्षण सुरु भएको इटिकेटिङ प्रणालीका लागि महानगरले सोमबारदेखि स्मार्ट कार्ड वितरण सुरु गरेको छ । कार्ड ओम डेभलपमेन्ट बैंकले वितरण गर्न सुरु गरेको हो ।

पहिलो चरणमा बैंकले महानगरभित्र चल्ने करिब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्र ३ लाख स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ । इटिकेटिङ सिस्टम लागू गर्न पोखरा महानगरका बस व्यवसायीलाई महानगरले १ महिना तालिमसमेत दिइसकेको छ ।

‘पोखरा महानगरभित्र चल्ने ५ सय ५० वटा बस र बाँकी पोखरा बाहिर चल्ने बसमा इटिकेटिङ प्रणाली सुरु भइसकेको छ,’ महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘सुरुमा मुख्य सहरी क्षेत्रमा लागू गरेका छौं । बाँकी क्षेत्रमा पनि बढाउँदै जानेछौं ।’

महानगरभित्र सवारीसाधनमा विद्युतीय टिकट (इ–टिकेटिङ) प्रणाली लागू गर्न पोखराका बस व्यवसायी र एन्क्लाउड कम्पनी र ओम डेभलप बैंकबीच चैत ३ गते श्रीपक्षीय सम्झौता गरेको थियो । बैशाख महिनादेखि इटिकेटिङ लागू गर्ने सम्झौता भएपनि करिब ४ महिनापछिमात्रै योजना लागू गर्न लागिएको हो ।

काठमाडौंको एन्क्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली लागू गर्न स्रोत र प्रविधि उपलब्ध गराउने महानगरको सम्झौता छ ।

उक्त सम्झौताम बस व्यवसायीहरु पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment