Comments Add Comment

जब आफ्नै आमाबुवा बिरानो हुन्छन्

हरेक आमा-बुबालाई आफ्ना सन्तान असाध्यै पि्रय लाग्छ । यदि तपाईंको एउटा मात्र सन्तान छन् भने त तपाईंको सम्पूर्ण माया-प्रेममा उनको मात्र एकल अधिकार हुन्छ । तर यदि तपाईंका दुई अथवा दुई भन्दा बढी सन्तान छन् भने कहिले काहीँ अञ्जानमा अथवा कुनै परिस्थितिका कारण तपाईंको झुकाव कुनै एकप्रति बढि हुन् जान्छ । जसका कारण दोस्रो सन्तानलाई आफुप्रति आमा-बुबाको प्रेममा कमी भएको अनुभव हुन थाल्छ । त्यस्तो स्थितिमा आमा-बुबाले के गर्ने ?

यदि तपाईंको सन्तान राम्रो पढ्ने, खेल्ने, गाउने अथवा अन्य कुनै कुरामा दक्ष छ र कहिले काहीँ कुनै कारणले उसको योग्यतामा कमी आउन थाल्यो भने उसलाई सम्झाउनुपर्छ । उसमा आक्रामक व्यवहार उत्पन्न हुन दिनु हुँदैन । यदि उसको व्यवहारमा केही परिवर्तन आउन थाल्यो भने सम्झाउनुपर्छ । आमा-बुबाले सधै आफ्ना सबै सन्तानप्रति समान व्यवहार गर्नुपर्छ । आमा-बुबाको असमान व्यवहारका कारण सन्तानहरु मनोरोगी बन्न सक्छन् ।

त्यस्तो अवस्था कसरी आउँछ ?

चिकित्सकहरुका अनुसार कुनै पनि मनोरोग आफैं उत्पन्न हुँदैन् । मनोरोगको कारण परिवार, परिवेश र परिचितजस्ता धेरै कुराहरु जोडिएका हुन्छन्, जसको प्रभाव सही व्यक्तिमा पनि पर्न सक्छ । यसको बारेमा हामीलाई थाहा नहुन पनि सक्छ, किनभने हरेक व्यक्तिको हेर्ने दृष्टि फरक हुन्छ ।

हिजोआज मनोचिकित्सकहाँ त्यस्ता समस्याहरु धेरै आउने गरेको पाइन्छ । दाजु-भाइ, दिदी-बहिनीबीचको प्रतिस्पर्धाका घटना सामान्य हुन थालेको छ । त्यस्तो स्थिति स-साना बच्चाहरुमा पनि देखिन्छ । विषेश गरेर त्यस्ता बच्चाहरुमा त्यस्तो प्रतिस्पर्धा देखिन्छ, जसमा अमेरको कम अन्तर हुन्छ । आमा-बुबाले बच्चाहरुमा वैचारिक, अधिकार अथवा व्यवहारमा धेरै भेद गर्दा समेत यस्तो प्रवृति आउन सक्छ ।

आमा-बुबा नै मुख्य कारण

साना बालबालिका आफू स्वयं सानो हुँदा हुँदै पनि आफुभन्दा साना भाइ-बहिनीलाई माया-प्रेम गर्छन् । एक्लो बच्चा अरुको भाइ-बहिनी देखेर आफ्ना आमा-बुबालाई पनि आफ्ना लागि भाइ-बहिनीको माग गर्न थाल्छन् । आफ्नो भाइ-बहिनी भएपछि उसले निर्मल मनले स्वागत गर्छ, तर बिस्तारै-बिस्तारै आफुभन्दा उप्रतिको हरेचाह र प्रेम बढि देखेपछि उसलाई आफ्ना आमा-बुबा र आफ्ना भाइ अथवा बहिनी नै शत्रु जस्तै लाग्न सक्छ । बिस्तारै-बिस्तारै उसले आफ्नो बुद्धि अनुसार बदला लिन थाल्छ ।

प्रायः आमा-बुबाले आफ्ना सबै सन्तानलाई सबै कुरामा बराबर गर्न खोज्छन्, जस्तै खानादेखि शिक्षासम्मका विषय समान गर्छन् तर उनीहरु भित्रि मनबाट एक समान व्यवहार गर्दैनन् । जस्तो-कुनै एउटा बच्चाको धेरै प्रशंसा गर्ने, उसको भविष्यप्रति राम्रा कुराको आश राख्ने, आफ्ना सपना साकार गर्न सक्षम भएको बताउने गर्छन् ।

तर, ती अभिभावकले हरेक बच्चामा भिन्दा-भिन्दै बौद्धिक र भावनात्मक स्तर हुन्छ भन्ने कुरा बिर्सन्छन् । त्यसैले आमा-बुबाले आफ्ना सबै बच्चालाई समान व्यवहार गर्नु आवश्यक छ । असमान व्यवहारका कारण बच्चामा कुण्ठित, झगडालु, ईष्र्यालु र हिंसकसमेत बन्न पुग्छन् । त्यसको दुष्परिणाम हत्या, आत्महत्या, तोडफोड तथा आक्रोसित हुने सम्भावना बढ्छ ।

राम्रो लालनपालन प्रमुख चुनौती

बच्चा जन्माउनु जति सजिलो हुन्छ, तर राम्रो लालन-पालन गर्न धेरै गाह्रो हुन्छ । हिजोआज अभिभावकलाई आफ्ना बच्चाको राम्रो लालनपालन एउटा चुनौती नै भएको छ  । पहिला बच्चा संयुक्त परिवारमा हुर्कन्र्थे, उनीहरुलाई आफ्नो मनको कुरा र भावनात्मक कुराहरु सुनाउनका लागि हजुरबा, हजुरआमा, फुपु, काका-काकी आदि हुन्थो  ।

उनीहरुसँग बच्चाका लागि अवसर हुन्थ्यो । अभावमा पनि बच्चा सन्तुष्ट हुने गर्थो । तर, आजका बच्चाहरु जागरुक छन् । टेलिभिजन तथा इन्टरनेटको माध्यमबाट हरेक कुराको जानकारी आफैले खोजेर लिने गर्छन् । त्यसैले उनीहरुले आफ्नो अधिकार के हो भन्ने कुरा पनि थाहा पाइसकेका छन् ।

आफ्नो अधिकारका लागि आमा-बुबासँग तर्क-वितर्क गर्छन्, बहस गर्न अलिकति पनि संकोच मान्दैनन् ।

त्यसैले आमा-बुबाले पनि आफ्ना बच्चासँग व्यवहार गर्दा सजगताका साथ गर्नु पर्छ । पैसा खर्च गर्नुलाई मात्र आफ्नो सम्पुर्ण कर्तव्य मान्नुहुँदैन । आमा-बुबाले आफ्ना बच्चासँग व्यवहार गर्दा सोच-विचार गरेर मात्र गर्नुपर्ने बेला आइसकेको छ ।

शेयरिङ पनि आवश्यक 

कतिपय घरमा आमा-बुबा कुन छोरासँग बस्ने भन्ने पनि समस्या हुने गर्छ । कहिले काहीँ कुनै कारणवस आमा-बुबाले आफूलाई माया गर्ने र आफ्ना स-साना कुरामा ध्यान दिने छोराको साथ छोडेर आफुलाई त्यति वास्ता नगर्ने छोराको साथ रोज्ने गर्छन् । त्यस्तो अवस्थामा माया गर्ने छोराको माया मर्ने गर्छ र आमा-बुबालाई पनि आफ्ना निर्णयमा पश्चाताप गर्नुपर्ने स्थिति आउँछ ।

पैसालाई सर्वस्व सम्झनुहुँदैन्

आज धेरै घरहरुमा आमा-बुबा कुनै एक छोराको साथ बसोबास गर्छन् । छोराले पनि आमा-बुबाको आवश्यकता पुरा गर्न महिनाभरका लागि भनि पैसा दिन्छन् ।

तर आमा-बुबालाई पैसा दिएर मात्र पनि हुँदैन । आमा-बुबाको हरेक आवश्यकता जस्तै उनीहरुलाई कतै जान मन लागेको हुन सक्छ, त्यहाँ लगिदिने, ल्याउने, आवश्यक सरसामान किनिदिने र सामाजिक कार्यमा सहभागिता गराइदिने पनि गर्नुपर्छ । त्यसैले यदि तपाईको सन्तानमा कसैले पैसा दिने र कसैले तपाईंलाई आवश्यक हरेक कुराको ध्यान राख्छ भने ती दुबै सन्तान तपाईको लागि समान हुनु आवश्यक छ ।

फरक दृष्टिकोण

कहिलेकाहिं आमा-बुबाले राम्रो व्यवहार र दक्ष सन्तानभन्दा गलत व्यवहारमा फसेको सन्तानलाई बढि वास्ता गर्नुपर्ने बाध्यता हुन्छ । यो परिस्थितिमा राम्रो व्यवहार भएको सन्तानलाई नराम्रो लाग्न सक्छ । तर आमा-बुबाले यो सबै आफ्नो बिग्रेको सन्तानलाई सुधार्नका लागि गरेको हो भन्ने कुरा बुझ्न र बुझाउनु आवश्यक हुन्छ । जसले दुई भाइ-बहिनी अथवा दाजु-भाइमा मनमुटाव र प्रतिस्पधात्मक भावना उत्पन्न हुन पाउँदैन ।

प्रायः आमा-बाबुले सानो र कमजोर बच्चालाई धेरै माया र ध्यान दिने गर्छन् । जसले कहिलेकाहिं भेदभाव जस्तो व्यवहार देखिन्छ । तर, वास्तवमा आमा-बुबाको भावना सबै बच्चाप्रति समान हुन्छ । साथै आफ्ना ठूलो सन्तानसँग आमा-बुबाले मित्रवत् व्यवहार चाहानुका साथै आफ्ना भाइ-बहिनीको ध्यान राख्न सहयोगको पनि आशा राख्छन् ।

सही सल्लाहको आवश्यकता

आमा-बुवाको व्यवहारप्रति राम्रोसँग बुझ्न र सम्झाउन आवश्यक छ । परिवारका सदस्य, आफ्न्त र साथीभाइले पनि आमाबुबाको प्रेम, हेरचाह र व्यवहार सबै बच्चाप्रति समान हुन्छ भन्ने कुरा सम्झाउनु आवश्यक हुन्छ । यदि कुनै आमा-बुबाले आफ्ना कुनै बच्चालाई बढी माया, हेरचाह र वास्ता गर्छन् भने त्यसको पछाडि केहि न केही कारण हुन सक्छ भन्ने कुरा थाहा पाउन आवश्यक हुन्छ ।

आमा-बुबाले पनि कमाउने छोरा अथवा छोरीको तुलनामा आम्दानी कम भएका छोरा-छोरीलाई पैसा, सामान दिने गर्छन्, जुन गलत हो ।

त्यसले तपाईंको सन्तानबीच मनमुटाव उत्पन्न गराउन सहयोग गर्छ । किनभने तपाईंले दिएको पैसा र सामानमा उनीहरुले तपाईंको भावनालाई देख्ने गर्छन् । त्यसैले तपाईले यस्ता कुराहरुलाई ध्यान दिएर सबै सन्तानलाई बराबर व्यवहार गर्नु आवश्यक छ । कमजोर सन्तानको बारेमा अर्को सन्तानलाई राम्रोसंग बुझाउनु पर्छ ।

कहिलेकाहिँ आमा-बुबाले आफ्नो कर्तव्य, अधिकार घरको जेठो सन्तानलाई दिनुपर्छ र उसलाई उ जेठो भएकाले यो अधिकार प्राप्त गरेको हो भन्ने कुरा पनि प्रष्ट पार्नु पर्छ । यसो गर्दा ठूलोले ठूलो जस्तो व्यवहार गर्छ  । आफूभन्दा सानोलाई माया र हेरचाह गर्छ र सानोले पनि ठूलोलाई गर्नुपर्ने सम्मान गर्न सिक्छ । जसले दाइ-भाइ तथा दिदी-बहिनी बीचको प्रेम सधै रहिरहन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment