Comments Add Comment

‘आइ एम ट्वान्टी वान’मा धीरजको जोडी जसिता

रेनशा वान्तवा राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘आइ एम ट्वान्टी वान’को लागि नायिका पक्का भएकी छिन् । निर्माण पक्षले चलचित्रको लागि जसिता गुरुङलाई पक्का गरेको हो । निर्माण पक्ष र जसिताबीच लिखित सम्झौता पनि भइसकेको छ ।

निर्देशक वान्तवाले नै जसिता आˆनो चलचित्रमा रहेको बताएकी हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘सुरुदेखि नै हामीले जसितासँग कुरा गरिरहेका थियौँ । मौखिक रुपमा सहमति भइसकेको थियो । तर, हालै मात्र लिखित सम्झौता गरेका छौँ ।’

यस चलचित्रको नायकमा भने धीरज मगर पक्का भइसकेका छन् । डेब्यु चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै चर्चामा आएका धिरजलाई सम्भावना बोकेका नायकको रुपमा हेरिएको छ । आइ एम ट्वान्टी वानमा उनी घोषणादेखि नै अनुबन्धित छन् ।

चलचित्रको वर्कसपको लागि लण्डनबाट धीरज नेपाल आइसकेका छन् । जसिता पनि केही दिनमा नै नेपाल आइपुग्ने निर्देशक वान्तवाले बताइन् । निर्देशक वान्तवाका अनुसार २ महिना वर्कसप गरेर तिहार पछि मात्र चलचित्रको छायांकन सुरु गरिने छ । चलचित्र पूर्ण रुपमा लभस्टोरी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment