Comments Add Comment

शाहरुख खान अब के गर्दैछन् ?

बलिउडका बादशाह शाहरुख खानले फिल्म ‘जीरो’ पछि अहिलेसम्म कुनै पनि नयाँ फिल्ममा अभिनय गर्नका लागि सम्झौता गरेका छैनन् । यो कुराले उनका प्रसंशकहरु निकै निराश भएका छन् । यद्यपि, अचानक नै शाहरुख खान नेटफिल्क्स इन्डियाद्वारा शेयर गरिएको एउटा प्रोमोमा देखिएका छन् । जसलाई देखेर हरेक दर्शक अहिले हैरान भएका छन् । उक्त प्रोमो भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ ।

हालै मात्र नेटफिल्क्स इन्डियाले सार्वजनिक गरेको उक्त प्रोमो भिडियोमा देखिएको छ-‘शाहरुख अहिलेसम्म कल ब्याकको प्रतिक्षा गरिरहेका छन् ।’

उक्त प्रोमोमा के देखाइएको छ भने शाहरुख खानलाई इन्टेरोटेगरको काम दिनका लागि फोन गरिएको छ, जसलाई सुनेर शाहरुख निकै उत्सुक हुन्छन् र आफ्नो प्रसंशा गर्दै भन्छन्-‘म सबै भूमिका निर्वाह गर्न सक्छु ।’ अचानक उनलाई के कुराको जानकारी हुन्छ भने उक्त फोन कल कुनै फिल्मको भूमिकाका लागि थिएन, जसलाई सुनेर शाहरुख हैरानमात्र होइन, चिन्तित समेत हुन्छन् । पछि उनलाई के भनिन्छ भने उक्त कल इन्टेलिजेन्स एजेन्सीका लागि थियो । जबसम्म शाहरुखले केही कुरा बुझ्न लागेका थिए, त्यतिबेला सम्म फोन कट कटिसक्छ ।

उक्त प्रोमो भिडियोको अन्त्यमा ‘पिक्चर अझै बाँकी छ’ लेन्छिन् । साथै उक्त प्रोमोको बारेमा थप जानकारी अगष्ट २२ अर्थात यही बिहिबार दिइने उल्लेख गरिएको छ । उक्त भिडियो हेरेपछि अहिले शाहरुखका प्रसंशकहरुमा उनले नयाँ के लिएर आउन लागेको हुन् ? भन्ने कुराको कौतुहलता पैदा भएको छ ।

वास्तवमा सेप्टेम्बर २९ का दिन नेटफिल्क्समा रिलिज हुने वेब सिरिज ‘द बार्ड अफ ब्लड’ शाहरुख खानको रेड चिल्लिज प्रोडक्सन हाउसद्वारा निर्माण गरिएको हो । अहिले के अनुमान गरिएको छ भने शाहरुख सहभागि उक्त प्रोमो पनि त्यही वेब सिरिजको एउटा अंश हो । उक्त वेब सिरिजमा इमरान हासमी मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment