Comments Add Comment

पर्यटन प्रबर्द्धनमा सामाजिक सञ्जालको अत्यधिक उपयोग गर्ने निर्णय

३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय सम्पदा तथा गतिविधिको प्रवर्द्धनमा सामाजिक संजालको अधिक उपयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सोमबार मन्त्रालय र अन्तर्गतका निकायमा कार्यरत सूचना अधिकारी, प्रवक्ता तथा सामाजिक संजाल हेर्ने अधिकृतसँग मन्त्री भट्टराईले छलफल गरेका थिए ।

छलफलमा भएको निर्णयअनुसार अब पर्यटन मन्त्रालय र यस मातहतका निकायले दिनभर भएका महत्वपूर्ण जानकारी तथा विषयलाई सामाजिक संजालबाट सबैले हेर्न सक्ने गरी सार्वजनिक गर्ने छ ।

दिनभर कार्यसम्पादन भएका विषय कार्यालय सकिनासाथ सार्वजनिक गर्ने निर्णय मन्त्रालयको छ । सूचना आदानप्रदानका लागि सामाजिक संजालमा ग्रुपहरु बनाउने निर्णयसमेत भएको छ । साथै, सबै निकायले यूट्यूव अकाउण्ट खोलेर भिडियोमार्फत आफ्नो गतिविधि सार्वजनिक गर्ने भनिएको छ ।

सो वैठकमा पर्यटनसम्बन्धी विभिन्न निकायका नाममा सामाजिक संजालमा खोलिएका ‘फेक अकाउण्ट’ बारे पनि छलफल भएको थियो । ती अकाउन्टहरु तत्काल बन्द गराउने प्रक्रिया अघि बढाउने मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

मन्त्रालय र मातहतका निकायका सामाजिक संजालको अकाउन्ट भेरिफाइ गराएर फेक अकाउन्ट छुट्याउन मन्त्रालयले पहल गर्ने छ । मन्त्रालयका निकायमा प्रवक्ता तथा सूचना अधिकारी नतोकिएको भए तुरुन्त तोक्नसमेत मन्त्री भट्टराईले निर्देशन दिएका छन् ।

मन्त्रालय तथा मातहतका निकायका वेवसाईट, सामाजिक संजालमा नेपाल भ्रमण वर्षलाई मूख्य रुपमा प्रचार प्रसार गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment