Comments Add Comment

हुलाकी सडकलाई भारतले दियो १ अर्ब ३० करोड

४ भदौ, काठमाडौं । तराईमा हुलाकी सडक निर्माणका लागि भारतले नेपाललाई ८० करोड ७१ लाख भारु (करिब एक अर्ब ३० करोड रुपैयाँ) सहयोग हस्तान्तरण गरेको छ । यस परियोजनाका लागि कुल ५ अर्ब भारतीय रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भारतीय प्रतिवद्धता छ ।

बुधबार भारतीय विदेश मन्त्री एस. जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मजिंव सिंह पुरीले नेपाल सरकारका प्रतिनिधीलाई चेक हस्तान्तरण गरेका हुन् । तराईमा भारतीय सहयोगमा हुलाकी राजमार्गका विभिन्न सडक खण्ड निर्माणाधिन अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment