Comments Add Comment

आफैंले उदघाटन गरेको हिरासतमा चितम्बरम

५ भदौ, काठमाडौं । भारतको पूर्वअर्थमन्त्री एवम् पूर्वगृहमन्त्री पी चितम्बरमलाई केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले भ्रष्टाचार आरोपमा पक्राउ गर्‍यो । यसमा रोचक त के छ भने सीबीआईको जुन भवनको उदघाटन समारोहमा चितम्बरम सहभागी थिए, त्यही भवनको हिरासतमा उनलाई बस्नु परेको छ ।

सन् २०११ मा सीबीआईको नयाँ भवनको उदघाटन चितम्बरमले गरेका थिए । त्यतिबेला चितम्बरम गृहमन्त्री थिए । प्रधानमन्त्री मनमोहन सिंह थिए । प्रमुख अतिथिको रुपमा मनमोहन सिंहले भवन उदघाटन गर्दा चितम्बरम अतिथिको रुपमा सहभागी थिए ।

दिल्लीको जोरबागस्थित घरबाट पक्रेर चितम्बरमलाई सीबीआईले आफ्नो मुख्यालमा लगेको थियो । उनलाई रातभरि त्यहीँ राखियो । उनीसँग बयान पनि लिइयो । चितम्बरमलाई बिहीबार अदालतमा पेश गर्ने तयारी छ । उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी सीबीआईको छ ।

आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अगि्रम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि गएराति सीबीआईले पक्रेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment