+
+
Shares

प्रहरीले किन दर्ता गरेन लामिछाने पत्नीको जाहेरी ?

निकिता भन्छिन्– सरकारी वकिललाई बुझाएर आएँ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते २१:१८

४ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा ‘मृत्युअघि रेकर्ड भएको भिडियो’ तोडमोड गरी सार्वजनिक गरेको भन्दै उजुरी दिन बुधबार निकिता पौडेल प्रहरी कहाँ पुगिन् ।

आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी पौडेलले जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध किटानी जाहेरी दिन खोजेकी थिइन् ।

मुलुकी अपराध संहिताको लिखतसम्बन्धी कसूरमा उल्लेखित ‘कुनै झुठा लिखत वा झुठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय झुठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिने’ व्यवस्थालाई टेकेर तयार पारिएको जोहरीसहित अधिवक्ता सुनिल पोखरेल पनि प्रहरी कार्यालयमा पुगेका थिए ।

तर, काठमाडौं प्रहरी परिसर, टेकुले ‘विद्युतीय कीर्ते कसूर’ शीर्षकमा तयार पारिएको जोहरी लिन मानेन ।

क्षेत्राधिकारभित्र परेनः प्रहरी

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीकाअनुसार, क्षेत्राधिकारभित्र नपर्ने भएकाले जाहेरी दर्ता नभएको हो । ‘जुन विषयवस्तुमा जोहरी दिन खोजिएको छ, त्यही विषय चितवन प्रहरीमा अनुसन्धान भइरहेको जोहरी दर्ता नभएको हो’, उनले भने, ‘घटनास्थल चितवनमा भनिएको छ र चितवनकै प्रहरीलाई विपक्षी बनाएर काठमाडौंमा जोहरी आएकाले लिन मिलेन ।’

चित्त नबुझेको विषयमा संघीय प्रहरी कार्यालय वा प्रदेश प्रहरी कार्यालय हुँदै उजुरी दिन मिल्ने सुवेदीले बताए ।

परिसरको मुद्दा शाखाका एक अधिकृत भने ‘छेडछाठ’ भयो भनिएको भिडियोबारे वैज्ञानिक जाँचको रिपोर्ट खोजिने भएकाले अहिल्यै जोहरी लिनु हतार हुने बताए । ‘कुन ओरिजिनल र कुन डुब्लिकेट भन्ने विषय अदालतमा पुगेपछि छुट्टिन्छ । जोहरी नै दिनु परे सरकारी वकिलमा मिसिल पेश गरुञ्जेल पर्खिनुपथ्र्यो’, उनले भने ।

के भन्छिन् निकिता ?

लामिछाने पत्नी निकिताले भने पुडासैनी परिवारको जाहेरी प्रहरीले काठमाडौँंमा लिएपनि आफ्नो नलिएको भन्दै आपत्ति जनाइन् । ‘मैले हाम्रो चाहिँ किन नलिने भनेर पनि सोधेको थिएँ तर, विभिन्न भूमिका बनायो’, पौडेलले भनिन् ।

काठमाडौंमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सरकारी वकिलको कार्यालयमा बुझाएको उनले बताइन् । ‘सरकारी वकिल कार्यालयमा अध्ययन गरेर निष्कर्ष निकाल्ने भन्नु भएको छ’, पौडेलले सुनाइन्, ‘यहाँबाट भएन भने कानून व्यवसायीसँग सल्लाह गरेर सोही बमोजिम अगाडि बढ्छु ।’

पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा रविसहित तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सोमबार मात्र थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?