+
+
Shares

चितवन प्रहरी प्रमुख भनेर पोखराका एसपीलाई गाली गरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते २१:४१

४ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवनका एसपी दानबहादुर मल्लको नाम लेखेर अर्कै अधिकृतको फोटोमा गाली गरिएपछि पोखरा प्रहरीले असन्तुष्टि जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पोखराले विज्ञप्ति जारी गरेर कानूनी व्यवस्था तथा व्यक्तिगत र सामाजिक मर्यादा विपरित कानून उल्लंघन गर्ने व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो ।

आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा पक्राउ परेका रवि लामिछानेका समर्थकले फेसबुक ग्रुपमा ‘रवि दाइलाई फसाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्ल एसपी नै … हुन् भनि उनीमाथि हतकडी लगाइएको छ…’ भन्दै पोखरा प्रहरी प्रमुख एसपी दान कार्कीको फोटो हालेका थिए । फोटोमा कार्कीलाई हत्कडी लगाइएको देखिन्छ ।

विज्ञप्तिमा उक्त फोटोबारे भनिएको छ, ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीलाई प्रशिक्षण गराउने क्रममा कार्कीले हत्कडी के हो, किन र कसरी लगाइन्छ भन्ने प्रश्नमा जवाफ दिँदै आफ्नै हातमा हत्कडी लगाएर प्रशिक्षित गराउने क्रममा त्यो फोटो खिचिएको थियो ।’

पुरानो फोटोलाई सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या हुने गरी प्रकाशन गरिएको भन्दै पोखरा प्रहरीले गम्भिर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?