Comments Add Comment

संसदीय समितिले भन्यो : भारतीय सीमामा पानीको निकास नरोकियोस्

४ भदौ, काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल भारत सीमा क्षेत्रमा पानीको प्राकृतिक बहाव अनुरुप निकास कायम गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले अन्तर्राष्ट्रिय कानून र मान्यता अनुरुप दुवै देशको सहमति र सहकार्यमा पानीको प्राकृतिक निकासको व्यवस्थित योजना बनाउन निर्देशन दिएको हो ।

त्यस्तै समितिले मेचीदेखि महाकालीसम्म डुवान समस्या समस्या उत्पन्न हुने गरी निर्माण गरिएका बाँध र सडकको अध्ययन र अवलोकन गर्ने भएको छ । समितिले समस्याग्रस्त क्षेत्रमा नापी विभाग, सशस्त्र प्रहरी बलको सीमा सुरक्षा, गृह मन्त्रालय परराष्ट्र मन्त्रालय, उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयको प्रतिनिधिले निरीक्षण अवलोकन र अध्ययन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिले जीपीएस प्रविधिबाट नेपाल र भारतबीचको सीमा निर्धारण गरी जंगे पिलर मर्मत सम्भार गर्ने र अन्य पिलरको पनि मर्मत सम्भार र पुनस्थापना गर्न सरकारलाई निर्देशन दिएको छ । बाढीले बगाएका, हराएका, पिलर यथाशीघ्र पुनस्थापित गर्न भारत सरकारसँग वार्ता गरी काम अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

संसदीय समितिले नेपाल भारत सीमा क्षेत्रको भूमिको सही तथ्यांक प्रमाणित गर्ने भन्ने सम्बन्धमा कति नेपालको भूमि भारततर्फ परेको र कति भारतीय भूमि नेपालतर्फ परेको सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment