+
+
Shares

एम्बुलेन्स मर्मत गर्दा बालाजु औद्योगिक क्षेत्रमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते १३:२३
Photo Credit : Kalki Pokharel को फेसबुकबाट ।

५ भदौ, काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बिग्रेको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको हो ।

महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार आगलागीबाट एम्बुलेन्ससहित ५ वटा गाडी जलेका छन् । अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।

विहान करिब ११ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागी मध्यान्ह १२ बजेर २५ मिनेटमा दमकलको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका २ वटा र नेपाली सैनिकको एउटा दमकलको सहयोगमा आगो निभाइएको बालाजु प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?