News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको ४ वर्षपछि चितवनमा आजबाट आफ्नो प्रथम अधिवेशनमा होमिएको छ ।
- स्थापनाको छोटो अवधिमै रास्वपा दुई तिहाइ बहुमत नजिकको शक्ति बनेर एकल सरकार सञ्चालन गरिरहेको छ ।
७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको ४ वर्षपछि आजबाट प्रथम अधिवेशनमा होमिएको छ । ४ वर्षको छोटो तर निकै निकै उतारचढावमय यात्रासँगै रास्वपा दुई तिहाइ बहुमत नजिकको शक्ति बन्दै एकल सरकार सञ्चालन गरिरहेको छ ।
हामी चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको LIVE Updates यहाँ दिनेछौं ।
Live Updates
'कृष्ण-अर्जुनको जस्तो होस् रवि-बालेन सम्बन्ध'
रास्वपा महाधिवेशन उद्घाटन
रास्वपाको प्रथम महाधिवेशन रवि र बालेनले घण्टी बजाएर उद्घाटन गरेका छन् । अन्य पार्टीका नेताहरूलाई पनि उनीहरूले घण्टी बजाउन लगाएका छन् ।

रवि र बालेनले घण्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र
चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् ।
महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।

महाधिवेशनस्थलमा पानी पर्यो, रवि र बालेन उद्घाटन स्थलमा
रास्वपाको महाधिवशेन स्थलमा पानी परेको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह उद्घाटनस्थलमा पुगेका छन् ।
आयोजक कुर्दै अतिथिहरू
चितवनको भरतपुर महानगरपालिका–१० स्थित गेष्ट हाउस चौरस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन समारोहमा स्थल । महाधिवेशनमा आयोजक रास्वपाका अध्यक्ष रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहलाई मञ्चमा उपस्थित विभिन्न दलका नेताहरू र प्रतिनिधिहरूले कुरिरहेका छन् ।

गर्मीले बिमार सहभागीलाई एम्बुलेन्सबाट उद्धार

कांग्रेस सभापति गगन थापा कार्यक्रम स्थलमा
कार्यक्रममा शुभकामना दिन पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपा महाधिवेशन उद्घाटन स्थलमा पुगेका छन् । थापा कार्यक्रम स्थलमा पुग्दा रास्वपा नेता कार्यकर्ताहरूले हुटिङ गरेका छन् ।

शुभकामना दिन पुगेका नेताहरू मञ्चमा
रास्वपा महाधिवेशनको उद्घाटनमा शुभमकामना दिन पुगेका नेताहरू डा. बाबुराम भट्टराई, वर्षमान पुन, प्रदीप ज्ञवाली, राजेन्द्र लिङ्गदेन, उपेन्द्र यादव लगायतका नेताहरू मञ्चमा देखिएका छन् ।
कार्यक्रम सुरु गर्दै महामन्त्री बुर्लाकोटी
मञ्चबाट रास्वपा महामन्त्रीले उद्घाटन सत्रको औपचारिक उद्घाटनअघि अनौपचारिक सम्बोधन सुरु गरेका छन् । उनले सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह केही बेरमा आउने जानकारी दिएका छन् ।
गर्मीसँग जुध्दै उद्घाटन कुरिरहेका रास्वपा प्रतिनिधिहरू
रास्वपाको प्रथम महाधिवेशन स्थलमा सहभागी महाधिवेशन प्रतिनिधि, कार्यकर्ता र शुभचिन्तकहरू उद्घाटन समारोहमा चर्को गर्मीका बीच कागजले हावा हम्कँदै तथा पानी र मोही सेवन गरेर गर्मीबाट राहत लिने प्रयास गरिरहेका छन् । तस्बिर : सनद अधिकारी/रासस

हेर्नुहोस् रास्वपा महाधिवेशनस्थलको LIVE
हेर्नुहोस् रास्वपा महाधिवेशनस्थलको LIVE
रास्वपा महाधिवेशन : विभिन्न दलका नेताहरू भरतपुरमा
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन कुन-कुन दलका नेताहरू पुगे चितवन ?
• कांग्रेस सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेका नेता प्रदीपकुमार ज्ञवाली, नेकपाका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव चितवन पुगिसकेका छन् ।
प्रतिनिधिलाई तोसिमाको टोलीबाट स्वास्थ्य सेवा
महाधिवेशन स्थलमा स्वास्थ्य हेल्पडेस्क खडा गरिएको छ । नेता डा. तोसिमा कार्कीको टोलीले यहाँबाट सेवा दिइरहेको छ । 'स्वस्थ सहभागी, सफल महाधिवेशन' नेता कार्कीले सामाजिक सञ्जालमा यो नारासहित फोटो सेयर गरेकी छन् ।

उम्मेदवारीका लागि आवश्यक शर्त
- सभापति पद: रु ५१,००० शुल्क, १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक।
- पदाधिकारी पद: रु ४१,००० शुल्क, १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक।
- केन्द्रीय सदस्य: रु २१,००० शुल्क, १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक।
रास्वपाको निर्वाचन तालिका सार्वजनिक
महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली शनिबार राति नै प्रकाशन भइसकेको छ।
• आज (आइतबार) राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
• सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयन फारम वितरण गरिनेछ।
• सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुनेछ।
• सोमबार साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
• सोमबार साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ।
• सोमबार साँझ ७ बजेदेखि राति ९ बजेसम्म दाबी–विरोधमाथि जाँचबुझ गरिनेछ।
• उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय सोमबार राति ९:१५ बजे तोकिएको छ।
• उम्मेदवारहरूको अन्तिम नामावली सोमबार राति ११ बजे प्रकाशन गरिनेछ।
• असार ९ गते (मंगलबार) बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ।
• पहिलो चरणमा १ जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ।
• मतदान सकिएको करिब दुई घण्टापछि मतगणना र परिणाम घोषणा गरिनेछ।
• त्यसपछि आवश्यक परे दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइनेछ।
रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ
बाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे ।
तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन अवस्था छ ।
सौराहासहित भरतपुर आसपासका होटल व्यवसाय भीडभाड देखिनुको कारण ‘राष्ट्रिय स्वातन्त्र पार्टी’ (रास्वपा)को महाधिवेशन हो ।
रास्वपालाई मुकुल ढकालको शुभकामना
तपाईंहरूलाई मेरो आग्रह छ, व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस् । राजव्यक्ति नगर्नुहोस्, राजनीति गर्नुहोस् ।

रास्वपाको ४ वर्षे 'रोलरकोस्टर' यात्रा
रास्वपाले विगत ४ वर्षे यात्रा निकै उतारचढाव, आशा-निराशा, खुसी र पीडाले भरिएको छ । यो रोमाञ्चक अनुभव-अनुभूतिसहित यो पार्टी आज पहिलो महाधिवेशनसम्म आइपुगेको छ ।

प्रधानमन्त्री बालेन छोरी बोकेर चितवनमा
प्रधानमन्त्री बालेन शाह आइतबार बिहान छोरीसहित चितवन ओर्लिसकेका छन् ।
थप पढ्नुहोसचिन्नुहोस् रास्वपाका महाधिवेशन प्रतिनिधिहरू
चितवनमा आयोजना गरिएको रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन देश र प्रवासबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक भएको छ ।
थप पढ्नुहोसयस्तो देखियो रास्वपा महाधिवेशन स्थल
रास्वपा महाधिवेशन स्थलमा प्रतिनिधिहरू पुगेर उद्घाटन कार्यक्रमको प्रतिक्षा गरिरहेका छन् ।


गर्मीको उपचार मोही
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटनस्थलमा सहभागीलाई गर्मीबाट राहत दिन मोही वितरण गरिँदै । चितवनको बढ्दो गर्मीका बीच चिसो पेय पदार्थका रूपमा मोही लोकप्रिय बन्दै गएको छ ।
नाचगानमा रमाउँदै रास्वपा नेता/कार्यकर्ता
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थलमा सहभागीहरू गर्मीका बाबजुद नाचगान गरी रमाइरहेका छन् । महाधिवेशन उद्घाटन केही ढिला हुँदा उनीहरू नाचगान गर्दै रमाइलो गरिरहेका छन् ।

चितवन पुगे गगन थापा
रास्वपा महाधिवेशनलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन् ।

प्रथम महाधिवेशन उद्घाटनको तयारीमा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा उद्घाटनको अन्तिम तयारी भइरहेको छ । महाधिवेशन प्रतिनिधिहरू महाधिवेशन स्थलमा जम्मा भइरहेका छन् । राति पानी परेकोले मञ्च व्यवस्थाप, महाधिवेशन स्थलमा जमेको पानी हटाउने र माटो-गिटी हाल्ने काममा आयोजकहरू बिहानभरी जुटेका छन् ।

प्रतिक्रिया 4