+
+
Shares

चितवनमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ४ गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको रत्ननगरमा ट्याङ्करको ठक्करबाट गोरखाकी ७९ वर्षीया जानुका देवी काराखेतीको मृत्यु भएको छ ।
  • भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटना गराउने ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान शुरू गरेको छ ।

४ असार, काठमाडौं । चितवनमा ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गोरखा पालुङटार नगरपालिका–८ घर भएकी ७९ वर्षीया जानुका देवी काराखेतीको बिहीबार बिहान मृत्यु भएको हो ।

चितवनको रत्ननगर नगरपालिका–२ बकुलहर हस्पिटल चोकस्थित सडकमा बकुलहर हस्पिटलबाट खैरहनीतर्फ जाँदै गरेको ना.७ ख २८०६ नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनमा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?