Comments Add Comment

प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

५ भदौ, काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१ सल्लाघारी बस्ने सिन्धुपाल्चोक चौतारा घर भएका ५६ वर्षीय गंगालाल श्रेष्ठ रहेका छन् ।

जुवा खेलाउने वातावरण सहज बनाइदिनु पर्‍यो भन्दै महानगरीय परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टको कार्यकक्षमा पुगेर ४० हजार रुपैयाँ नगद घुस दिन खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई बुझाएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ यसअघि असार ७ गतेपनि गैरकानुनी रुपमा जुवा तास खेलाई रहेको अवस्थामा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment