+
+
Shares

बालिका बलात्कार गर्नेलाई १६ वर्ष जेल सजाय

रासस रासस
२०७६ भदौ ६ गते ९:१६

६ भदौ, उदयपुर । जिल्ला अदालत, उदयपुरले ६ वर्षीया बालिका बलात्कारको कसुरमा एक जनालाई १६ वर्षको जेल सजाय सुनाएको छ ।

पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६, लालपताका ४५ वर्षीय रामबहादुर विकलाई छ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

आफ्नो छिमेकीका ६ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ ०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रामबहादुरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?