 
																			६ भदौ, काठमाडौं । राष्ट्रियसभाको आज बस्ने बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिने भएको छ ।
अहिले बिहान ११ बजे सुरु हुने बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले पनि राष्ट्रियसभामा विधेयक प्रस्तुत गर्दैछन् । भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री अर्यालले प्रस्तुत गर्न लागेको संसद् सचिवाललयले जनाएको छ ।
दुवै विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4