 
																			६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्दियाबाट एक जना सहायक वन अधिकृतलाई शुक्रबार घुससहित नियन्त्रणमा लिएको छ ।
बाँसगढी सव डिभिजन वन कार्यालय वर्दियामा कार्यरत सहायक वन अधिकृत अनिलकुमार गुप्तालाई अख्तियारको टोलीले बाँसगढी नगरपालिका-७ देउडाकलाबाट १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
उपभोक्ता समितिको काठ मिलमा चिरान सिफारिस गरेवापत सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंजको टोलीले गुप्तालाई पक्राउ गरेको हो ।
गुप्तालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका सूचना अधिकारी लोकमणी पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4