Comments Add Comment

‘मारुनी’ गीतः रेबिकालाई फकाउँदै पुष्प

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश तेश्रो गीत रिलिज भएको छ । ‘जाम्न माया जाम, सक्दिनँ बाँच्न’ बोलको गीतपछि लोकलयमा आधारित ‘हाने मैले झटारो’ बोलको गीत रिलिज गरिएको हो । चलचित्रको ट्रेलरले पनि दर्शकको मन जितिसकेको छ ।
अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङलाई फिचरिङ गरिएको छ । चलचित्रको यो गीतले यसको चर्चालाई अझै बढाउने पक्का छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छिन् ।

पूनम गौतमको निर्माणमा बनेको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको यो गीतले पुष्प र रेबिकाको सम्बन्ध प्रष्ट्याएको छ । संजय लामाले खिचेको यो चलचित्रले लामो समयदेखि सुनसान बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment