+
+
Shares

सिनामंगलमा टिपरले ३ वटा मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु, दुई गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते २२:२५
Photo Credit : बल्लव उप्रेतीको फेसबुकबाट

८ भदौ, काठमाडौं । सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भिर घाइते छन् ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रमुख एसएसपी वसन्त पन्तका अनुसार, आइतबार साँझ तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिप्परले तीन वटा मोटरसाइकलाई ठक्कर दिएर भागेको थियो ।

तर, तत्काल खोजीमा खटिएको प्रहरी वृत्त, गौशलाले बा ३ ख ४३१७ नम्बरको शंकास्पद टिपरलाई नियन्त्रणमा लिइसकेको पन्तले अनलाइनखबरलाई बताए ।

प्रहरीका अनुसार, तीब्र गतिमा रहेको टिप्परले बा ८५ प ५६९, बा ३८प २३९३ र बा ४३ प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृत्यु र घाइते हुनेको नाम खुलेको छैन । घाइतेको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको मेट्रो ट्राफिक एफएमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?