Comments Add Comment

सुन तोलाको ७३ हजार ५ सय रूपैयाँ

९ भदौ, काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७३ हजार ५ सय र तेजावी सुन ७२ हजार २ सय रूपैयाँ तोकेको छ ।

आईतबारको तुलनामा दुबैथरी सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले बृद्धि भएको हो । सोमाबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ८६० रुपैयाँ पुगेको छ । मूल्य बढ्नेक्रम नरोकिए पछि नेपाली सुनि चाँदी व्यवसाय ठप्प बनेको व्यवसायीहरुले बताएका छन् ।

पुराना सुन बिक्र गर्न आउने ग्राहकको भिड बढे पनि नयाँ गहना किन्नेहरु भने सून्य प्रय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment