Comments Add Comment

निर्माता शाहीलाई थप २ दिन हिरासतमा राख्न अनुमति

निर्माता गोविन्द शाहीलाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौंले अनुमति दिएको छ । यसअघि पनि उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

आइतबार भएको बहसपछि अनुसन्धानका लागि म्याद थपिएको डिएसपी कृष्ण चन्दले बताए ।

निर्माता शाहीलाई बुधबार महानगरीय अपराध महाशाखा, टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो । उनलाई टेकुमा राखिएको छ । निर्माता शाहीलाई अपराधिक विश्वासघात सम्बन्धी कसूर गरेको अभियोगमा पक्राउ गरिएको थियो ।

चलचित्र ‘लिलिबिली’का निर्माताद्धय मिलन चाम्स र सुदिप खड्काले चलचित्रबाट आएको शेयर लुकाएको भन्दै उजुरी दिएका थिए । करिब ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ लुकाएको उनलाई आरोप छ ।

निर्माता शाही अहिलेका चर्चित वितरक हुन् । तर, उनी विभिन्न समयमा विभिन्न विवादमा पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment