
४ भदौ, काठमाडौं । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई पक्राउ गरेको छ ।
चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार, शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट आपराधिक विश्वासघात सम्बन्धी कसूरमा दुई दिन म्याद थप गरिएको छ ।
‘अदालतले अनुसन्धानका लागि दुई दिन थुनामा राख्ने अनुमति दिएको छ, अब अनुसन्धान सुरु गर्छौं’, थापाले अनलाइनखबरसँग भने । चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोप जाहेरीमा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4