 
																			नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ ।
सिप्रदीका अनुसारनाडा अटो शोमा टाटा एच फाइभ, टाटा एनआरजी, टाटा टिगोर, टाटा टियागो र टाटा नेक्सन बिक्रीमा राखिँदै छन्। नाडा अटो शोमार्फत् टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ ।
सिप्रदीले ल्याएको योजनाअनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन् । लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन्।
नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु खरिद गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् अथवा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् ।
त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडीहरू डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत् एकजनाले ५५ ईन्चको स्काइवर्थ स्मार्ट टेलिभिजन जित्नेछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4