Comments Add Comment

जिनियसले नेपाल ल्यायो अविश्वसनीय मूल्यमा प्रिमियम डिजाइनका बाइक

९ भदौ, काठमाडौं ।  नाडा अटो-शो भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । यो शोमा यसवर्ष विभिन्न कम्पनीका विद्युतीय सवारीहरु पनि मुख्य आकर्षण हुनेछ । त्यसमा पनि यसैवर्ष नेपाल भित्रिएको ‘जिनियस’ ब्रान्डको विद्युतीय बाइक धेरैले मन पराउन सक्छन् ।

हेर्दा पि्रमियम लाग्ने यो कम्पनीका बाइकहरु निकै सस्तो मूल्यमा उपलब्ध गराइँदैछ । चीनमा बनेका यी बाइकलाई नेपाली व्यवसायीहरुले नै ‘जिनियस’ ब्रान्डमा भित्र्याउन लागेका हुन् । यो नेपालकै ‘ब्रान्ड’ हुनेछ  ।

कम्पनीका अनुसार यी बाइक सस्तो मात्रै छैन, सञ्चालन खर्च पनि निकै सस्तो छ । पावरफूल इन्जिनसहित आएका यी बाइकहरु एक पटक चार्ज भएपछि २ सय किलोमिटरसम्म कुद्न सक्छ ।

शहरी ग्राहकलाई पि्रमियम मोडलका बाइक सस्तो मूल्य र सुलभ खर्चमै चढ्ने चाहाना यसले पुरा गर्नेछ । यसतै शहरमा बढ्दो वातावरणीय प्रदुषणलाई पनि घटाउन यसले मद्दत गर्ने कम्पनीका सञ्चालक सञ्जीव शिल्पकार बताउँछन् ।

यी बाइकहरुको मूल्य यसको डिजाइन र बनोटअनुसार अविश्वसनीय नै छ । पेट्रोल तथा डिजेलबाट चल्ने यस्तै मोडलका बाइकको मूल्य लाखौं भएपनि यसको मूल्य २ लाख ७८ हजार देखि ३ लाख ७८ हजारसम्म छ ।

ग्राहकलाई विभिन्न मोडलहरुको विकल्प पनि दिइएको छ । यो बाइक किनेपछि सर्भिसिङमा कुनै खर्च गर्नुपदैन । भने सुरुमा तिरिएको मूल्य मासिक रुपमा अन्य बाइकका लागि गरिने खर्च बचाउँदा नै एकदेखि दुई वर्षमै परिपूर्ति हुन सक्छ ।

यसका बाइकहरु सय किलोमिटर प्रतिघण्टाको उच्च गतिमा गुड्न सक्छन् । स्कुटरहरुले भने ६० देखि ७० किलोमिटर प्रगिघण्टाका दरले दौडन सक्छन् ।

इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख ८९ हजार देखि १ लाख ९६ हजार रुपैयाँसम्म छ ।

एक्स-५४

एक्सवाई-५४ पनि जिनियसको उत्कृष्ट उत्पादन हो । यो बाइकमा ५ हजार वाटको मोटर छ । यसले १२ सय आरएमपीमा २०६ एनएम टर्क उत्पादन गर्छ

७२ भोल्ट ४० एएचको लिथीयम ब्याट्री छ । यसको फ्रन्ट र रियरमा रियरमा १७ इन्चको आल्म्युनियम अलोय ह्वील प्रयोग गरिएको छ ।

ब्याट्री चार्ज हुन ६ देखि ८ घन्टा समय लाग्छ । अघि र पछि डिस्क बे्रक छ । अघिल्लो भागमा हाइड्रोलिक एब्जर्बर र रियरमा हाइड्रोलिक सक एब्जर्बर सस्पेन्सन जोडिएको  छ ।

एक्सवाई-३५

एक्सवाई ३५ पनि पावरफूल बाइक हो । यसमा ३ हजार वाटको मोटर छ । १ हजार आरपिएममा १८५ एनएम टर्क पावर दिन्छ ।

७२ भोल्ट ४० एचको लिथियम ब्याट्री प्रयोग गरिएको छ । ब्याट्री पुरै चार्ज हुन ६ देखि ८ घन्टा समय लाग्छ ।

यसको फ्रन्टमा १७ र रियरमा १६ इन्चको आल्म्युनियम एलोय ह्वील लगाएर सजाइएको यो बाइकको फ्रन्टमा हाइड्रालिक एब्जर्बर र रियरमा हाइड्रालिक सक याब्जर्बर सस्पेन्सन छ । अघि र पछि नै डिस्क ब्रेक पनि छ ।

डब्ल्यु-५४

यसको डब्ल्यु-५४ मोडलको मोटरसाइकलमा ५ हजार वाटको मोटर छ । जसले २०६ एनएम टर्क उत्पादन गर्छ ।

७१ भोल्ट ४० एचको लिथियम ब्याट्री छ । यो पुरा चार्ज हुन ६ देखि आठ घन्टा समय लाग्छ  ।

बाइकको फ्रन्टर रियरमा डिस्क ब्रेक छ । अघि हाइड्रोलिक एब्जर्बर सस्पेन्सन र रियरमा  हाइड्रोलिक सक एब्जर्बर सस्पेन्सन स्पि्रङ दिइएको छ । फ्रन्टमा र रियरमा १७ इन्च अलोय ह्वीलसहितको यो बाइक ३० डिग्रिको उकालोमा कुद्न सक्छ ।

डब्ल्यु-३४

जिनियसको डब्ल्यु-३४ मोडलमा ३ हजार वाटको मोटर छ । यसले १ हजार आरपीएममा १८५ एनएम टर्क उत्सर्जन गर्छ ।

यसको अघि र पछि  डिस्क बे्रक लगाइएको छ । ७२ भोल्ट ४० एएच लिथियम ब्याट्री छ । यो चार्ज गर्न अरु जस्तै ६ देखि ८ घन्टा समय लाग्छ ।

फ्रन्टमा हाइड्रोलिक एब्जर्बर र रियरमा हाइड्रोलिक सक एब्जर्बर सस्पेन्सन दिइएको छ ।  अघिल्लोमा १७ इन्च र रियरमा १६ इन्चको आल्म्युनियम अलोय ह्वील प्रयोग गरिएको छ ।

एक्सवाई-५४

एक्सवाई-५४ पनि जिनियसको अर्को उत्पादन हो । यो बाइकमा ५ हजार वाटको मोटर छ । यसले १२ सय आरएमपीमा २०६ एनएम टर्क उत्पादन गर्छ

७२ भोल्ट ४० एएचको लिथीयम ब्याट्री छ । यसको फ्रन्टर रियरमा रियरमा १७ इन्चको आल्म्युनियम अलोय ह्वील छ । ब्याट्री चार्ज हुन ६ देखि ८ घन्टा समय लाग्छ । अघि र पछि डिस्क बे्रक छ । अघिल्लो भागमा हाइड्रोलिक एब्जर्बर र रियरमा हाइड्रोलिक सक एब्जर्बर सस्पेन्सन जोडिएको  छ ।

पी-३४

जिनियसको पी-३४ मोडलमा पनि ३ हजार वाटको मोटर छ । यसले १ हजार आरपीएममा १८५ एनएम टर्क उत्सर्जन गर्छ ।

यसको अघि र पछि  डिस्क बे्रक नै लगाइएको छ । ७२ भोल्ट ४० एएच लिथियम ब्याट्री छ । यो चार्ज गर्न अरु जस्तै ६ देखि ८ घन्टा समय लाग्छ ।

फ्रन्टमा हाइड्रोलिक एब्जर्बर र रियरमा हाइड्रोलिक सक एब्जर्बर सस्पेन्सन लगाइएको छ ।   अघिल्लोमा १७ इन्च र रियरमा १६ इन्चको आल्म्युनियम अलोय ह्वील छ ।

एलटी १५३२

एलटी १५३२ स्कुटर पनि जिनियसकै उत्पादन हो । यसमा १५ सय वाटको मोटर जोडिएको छ । यसले ७५० आरपीएममा १२५ एनएम टर्क बराबरको पावर प्रदान गर्नेे कम्पनीले जनाएको छ । यसमा ७२ भोल्ट ३२ एएचको लिथियम ब्याट्री छ ।

ब्याट्री पुरा चार्ज हुन ६ देखि ८ घन्टा लाग्छ । अघि र पछि डिस्क ब्रेक दिइएको छ । यसको फ्रन्टमा हाइड्रोलिक एब्जर्बर सस्पेन्सन र रियरमा स्पि्रङ सस्पेन्सन लगाइएको छ ।

एक्सएन-१२३२

एक्सएन-१२३२ स्कुटर पनि शक्तिशाली छ । यसमा १२ सय वाटको मोटर जोडिएको छ । यसले ६ सय आरपीएममा १०५ एनएम टर्क बराबरको पावर प्रदान गर्छ । यसमा ६० भोल्ट ३२ एएचको लिथियम ब्याट्री छ ।

ब्याट्री पुरा चार्ज हुन ६ देखि ८ घन्टा लाग्छ । अघि र पछि डिस्क ब्रेक दिइएको छ । यसको फ्रन्टमा हाइड्रोलिक एब्जर्बर सस्पेन्सन र रियर स्पि्रङ सस्पेन्सन लगाइएको छ ।  यसमा १२ जी साइन वेभ कन्ट्रोलरको सुविधा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment