Comments Add Comment

के हो पोलिएमरस रिलेशनशिप ?

रिलेसनशिको प्रवृत्ति अनेक छन् । एक पुरुषले एकसाथ दुई वा दुईभन्दा बढी युवतीसँग पनि प्रेम सम्बन्ध बनाइरहेका हुन्छन् । ठीक यसैगरी युवतीले पनि एकसाथ एकभन्दा बढी पुरुषसँग सम्बन्ध बनाएका हुन्छन् । यसरी एक जनाभन्दा बढीसँग अन्तरंग सम्बन्ध गाँस्नु नै पोलिएमरस रिलेसनशिप हो ।

हाम्रो समाजले भने दुई पार्टनरबीच हुने प्रेमिल सम्बन्धलाई स्विकार्ने गर्छ, जसमा एकअर्काले शारीरिक र भावनात्मक सहयोग गरिरहेका हुन्छन् ।

पोलिएमरीको अर्थ मल्टीपल सेक्स पाटर्नर राख्नु चाहिँ होइन, यसको अर्थ एक .भन्दा धेरै रोमान्टिक पार्टनर राख्नु हो । यदि कोही व्यक्ति पोलिएमरस रिलेसनशिपमा छन् भने उनको एकभन्दा बढी रोमान्टिक पार्टनर हुन्छन् । रमाइलो त के भने यी पार्टनरहरुबीच यो कुरा गोप्य रहँदैन । वा आफ्नो पार्टनर पोलिएमरस रिलेशनशिपमा रहेको कुरा एकअर्कालाई थाहा हुन्छ । र, त्यसलाई उनीहरुले सहर्ष स्वीकार पनि गर्छन् ।

बढ्दो ट्रेन्ड

अहिले विश्वव्यापीरुपमै यस किसिमको ट्रेन्ड बढ्दो छ । सन् २०१४ मा वेलायतमा एक सर्वेक्षण भएको थियो, जसले पोलिएमरस रिलेसनशिपको पछिल्लो तस्वीर छर्लङ पारेको थियो । उक्त सर्वेअनुसार अहिले रिलेसनशिप औसत दुई वर्ष नौ महिनासम्म चल्छ । अर्थात प्रेमिल जोडी योभन्दा लामो समय रिलेसनशिपमा रहँदैनन् । उनीहरुलाई एउटै पार्टनरसँगको रिलेसनशिप पट्यारलाग्दो लाग्न थाल्छ साथै कमजोर पनि । त्यही कारण उनीहरु एकभन्दा बढीसँग एकसाथ रोमान्टिक पल साट्न उत्सुक भइरहेका छन् ।

हुन त हाम्रो समाजमा यस किसिमको सम्बन्ध कति छ ? आँकलन गर्न सकिँदैन । यद्यपि पश्चिमी मुलुकको यो प्रभावबाट नेपाली युवापुस्ता अलग छैनन् ।

विश्वव्यापी ट्रेन्ड हेर्दा यो प्रवृत्ति निकै झांगिदै गएको छ । युवा जोडी पोलिएमरस रिलेसनशिपमा रहनुको एउटा प्रमुख कारण के पनि हो भने उनीहरु अहिले आफ्नै कामधन्दामा व्यस्त छन् । त्यही व्यस्तताको कारण उनीहरुको इमोसनल आवश्यक्ता पूरा भइरहेको छैन । पोलिएमरस रिलेसनशिप भनेको एकभन्दा बढी पार्टनरसँग शारीरिकभन्दा बढी इमोसनल र रोमान्टिक सम्बन्धमा रहनु हो, जसमा सबै पार्टनरको आपसी सहमति पनि हुन्छ ।

प्रेमिल पुस्ता पोलिएमरीलाई यसकारण पनि अपनाउन चाहन्छन् कि एक पार्टनरसँग कुनै किसिमको मनमुटाव भएपनि त्यो सम्बन्ध टुटाउन नपरोस् । र, एकअर्कालाई धोका दिन नपरोस् । यो सम्बन्ध विश्वास र इमान्दारितामा टिकेको हुन्छ ।

यी रिलेसनशिप होइनन् पोलिएमरस

कतिपय प्रेमिल पुस्ता पोलिएमरीलाई बुझ्न सकिरहेका पनि हुँदैनन् । उनीहरुलाई के लाग्छ भने एकभन्दा बढी प्रेमी वा प्रेमिका राख्नु नै पोलिएमरी हो । अर्थात एकभन्दा बढी श्रीमान् वा श्रीमती राख्नु पनि पोलिएमरी हो । यो भ्रम हो । एकै समयमा एकभन्दा बढी प्रेमीसँग सम्बन्धमा रहनुलाई पोलिएन्ड्री र एकभन्दा बढी प्रेमिकासँग सम्बन्ध राख्नुलाई पोलिजनी भनिन्छ, पोलिएमरी होइन ।

साथै एकै समयमा एकभन्दा बढी सेक्स पार्टनर हुनु पनि पोलिएमरी होइन । पोलिएमरीको अर्थ एकभन्दा बढीसँग यौन सम्बन्ध बनाउनु होइन । बरु इमोसनल सपोर्ट दिनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment