Comments Add Comment

वीरेन्द्रनगरमा सरकारी कारोबारसम्बन्धी अन्तरक्रिया

१० भदौ, नेपालगञ्ज । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले कर्णाली प्रदेशका सरकारी कारोबार गर्ने वित्तीय संघ/संस्था तथा सरोकारवाला निकायहरुबीच सुर्खेतमा अन्तरक्रिया गरिएको छ । राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाको संयोजकत्वमा ‘सरकारी कारोबारसम्बन्धी अन्तरक्रिया’ कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, बैकिङ्ग कार्यालय काठमाडौंका निर्देशक रामप्रसाद गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । अर्का अतिथि वार्ताकारमा कर्णाली प्रदेशका प्रमुख लेखा नियन्त्रक मानबहादुर बम थिए ।

कर्णाली प्रदेशका दशवटै जिल्लाका सरकारी कारोबार गर्ने बैंकका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, सुर्खेत जिल्ला एवम् आसपासका स्थानीय निकायका सरकारी लेखा हेर्ने प्रतिनिधिलगायतका सरोकारवालाले कार्यक्रममा भाग लिएका थिए । कार्यक्रममा वर्तमान प्रादेशिक संरचनामा सरकारी कारोबार संचालनमा देखिएका समस्या तथा समाधानका विषयमा बृहत छलफल भएको थियो ।

छलफलमा उठेका जिज्ञासालाई निर्देशक गौतम, निर्देशक सापकोटा तथा लेखा नियन्त्रक बमले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment