+
+
Shares

हाफ पाइन्ट लगाएर कीर्तिपुरका मेयर–उपमेयरलाई भेट्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १७:३६

१० भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकाले हाफ पाइन्ट लगाएर मेयर र उपमेयरलाई भेट्न रोक लगाएको छ ।

नगरपालिकाले सूचना नै निकालेर शिष्ट र मर्यादित पोशाकमा भेट्ट आउन भनेको छ । ‘हाफ पाइन्ट लगायतका भड्किलो पोशाकमा भेट्न नआउनु हुन’ भनिएको छ ।

भेटघाटलाई शिष्ट बनाउन औपचारिक पोशाकमा आउन आग्रह गरिएको मेयर रमेश महर्जनले बताए । ‘हाफ पाइन्ट पनि अब के भन्ने … साह्रै अनौपचारिक ड्रेसमा आउन थालेपछि सूचना निकालेका हौं’ उनले भने, ‘यो सूचनापछि हिजो हाफ पाइन्ट लगाएर आउनेहरु पनि फुल पाइन्टमा आउन थाल्नु भएको छ ।’

के लगाउँदा भड्किलो पोशाक मान्ने भन्ने प्रश्नमा महर्जनले प्रष्ट जवाफ दिएनन् ।

आफूहरुले भेटघाटलाई शिष्ट मात्र बनाउन खोजेको र कीर्तिपुरबासी खुसी रहेको बताए । यसलाई लिएर सामाजिक सञ्जालमा मात्र हंगामा भएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?